शान्तिप्रिय बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

४ आश्विन २०८३, आईतवार
1 shares

बुटवल । बुटवल उपमहानगरपालिका–१३ स्थित शान्तिप्रिय बहुउद्देश्यीय सहकारी संस्थाको छैठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको वडा १३ का जनप्रतिनिधि तथा संस्थाका सदस्य मन्दिरादेवी गौडेलले उद्घाटन गरिन् ।

सोही अवसरमा बोल्दै उनले मुलुकको अर्थतन्त्र चलायमान बनाउन सहकारीको भूमिका महत्वपूर्ण रहेको बताइन् । उनले छोटो समयमै सहकारी अब्बल हुन सफल भएको भन्दै थप सफलताको शुभकामना दिइन् । साथै उनले सहकारी संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी सदस्यहरूलाई आर्थिक समृद्धिसँग जोड्नुपर्नेमा जोड दिइन् ।

साधारणसभामा संस्थाका अध्यक्ष यमप्रसाद गैरेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै एक वर्षमा सम्पन्न भएका विविध कार्यक्रमहरू र आगामी योजनाबारे जानकारी गराए । साधारण सभाले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सर्वसहमत रुपमा पारीत गरेको छ ।

कार्यक्रममा संस्थाको तर्फबाट आफ्ना धारणा राख्दै शेयर सदस्य युवराज बेलबासेले संस्थालाई थप उचाइमा पु¥याउन सबै शेयर सदस्यहरु एकजुट हुनुपर्नेमा जोड दिए । कार्यक्रम संस्थाका उपाध्यक्ष निर्मला बेलबासेको स्वागत तथा सचिव गोपाल बञ्जाडेको सञ्चालनमा सम्पन्न भएको थियो ।