बुटवल, असोज १० । आवाज बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बुटवलको छैटौं निर्वाचनले बालकृष्ण पाण्डेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
शुक्रबार सम्पन्न सहकारीको १७ औं वार्षिक साधारण सभा तथा छैठौँ निर्वाचनबाट अध्यक्षमा पाण्डे, उपाध्यक्षमा मिनराज भुसाल, सचिबमा गिता बन्जाडे, कोषाध्यक्षमा स्वराज कुमार जयसवाल निर्बिरोध निर्वाचित भएको निर्वाचन प्रमुख बाबुराम बन्जाडेले जानकारी दिए । त्यसै गरी संचालक समिती सदस्यहरुमा भेष बहादुर थापा, सन्तोष बन्जाडे, प्रेमा केसी, मधु महत्रा र हरिप्रसाद भट्टराई चयन भएका छन ।
लेखा सुपरिवेक्षण समिति संयोजकमा यदुनाथ सुबेदी, सदस्यहरुमा लक्ष्मी पोख्रेल र इन्द्र बहादुर बिक निर्वाचित चयन भएका छन । निवर्तमान अध्यक्ष जीवन अधिकारी, निर्वाचन प्रमुख तथा पुर्ब अध्यक्ष बाबुराम बन्जाडे, सल्लाहकारहरु खुवीराम आचार्य, अच्युत पन्थ, देउ प्रकाश राईले नवनिर्वाचित संचालक समितीलाई शुभकामना दिदै सहकारीको सिद्धान्तमा रहे सदस्यको हितमा काम गर्न सुझाव दिए । नव निर्वाचित अध्यक्ष पाण्डेले सहज र सौहार्दपूर्ण वातावरणमा संस्थाको नेतृत्व गर्ने जिम्मेवारी प्राप्त भएकोमा शेयर सदस्य लगायत सम्पूर्णमा हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरे ।
अधिवेशनअघि साधारणसभामा सहकारीका अध्यक्ष जीवन अधिकारीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका लेखा समिति संयोजक तथा जिल्ला सहकारी संघका अध्यक्ष भीमप्रसाद तुलाचन, नेफ्कुनका पुर्ब सञ्चालक सदस्य सन्दीप सापकोटा, धनबर्षा सहकारीका अध्यक्ष राधाकृष्ण देवला लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु हुँदै सदस्यको आर्थिक संमृद्विको मुख्य आधार बनाई सदस्य केन्दित लगानी बढाउनु पर्नेमा जोड दिए साधारणसभाले अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिबेदन पारित गरेको छ । बुटवलमा प्रधान कार्यालय रहेको सहकारीको कुल बासलात २९ करोड ५ लाख ३४ हजार ४ सय ९१ रहेको छ । यस्तै साधारणमा उत्कृष्ट सहकारी पुरस्कार वरिष्ठ पत्रकार अमृता अनमोललाई प्रदान गरिएको छ ।
