बुटवल उद्योग वाणिज्य संघको नेतृत्वका लागि टंकप्रसाद गैरेको प्यानल घोषणा

मेचीकाली संवाददाता

२२ आश्विन २०८३, बिहीबार

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको आगामी नेतृत्वका लागि टंक प्रसाद गैरेको नेतृत्वमा संयुक्त प्यानल घोषणा गरेको छ । बिहीबार पत्रकार सम्मेलन गरी संघको आगामी कार्यकालका लागि व्यवसायी टंकप्रसाद गैरेको अध्यक्षतामा संयुक्त प्यानल घोषणा गरीएको हो ।

वरिष्ठ उपाध्यक्षमा विमलराज भट्टराई, उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा मुक्तिप्रसाद अधिकारी, महासचिवमा जमुना पौडेल, सचिवमा काशीराम शर्मा पौडेल, कोषाध्यक्षमा टिकाराम बञ्जाडे र सह–कोषाध्यक्षमा जाकिर हुसेन उम्मेदवार रहेका छन् ।

यसैगरी एसोसियट सदस्यमा बालकृष्ण पौडेल उम्मेद्वार रहेका छन् भने उद्योग तर्फका ४ सदस्यहरुमा दिपक बास्तोला, गोपाल टण्डन, प्रविण गोविन्द श्रेष्ठ, सुनिता अर्याल रहेका छन् । वाणिज्य तर्फ मनिष कुमार हयोजु, मिलनकुमार भारी, राजेश भट्टराई, सुनिता गिरी सदस्य रहेका छन् । यस्तै महिला सदस्य तर्फ सुकमाया श्रेष्ठ ध्वजु (सिता) सुष्मा केसी रहेका छन् । खुल्ला सदस्यतर्फ विजयकुमार वर्णवाल, ज्ञानप्रसाद खनाल, गणेश प्रसाद सेढाई, जनक श्रेष्ठ, गोपाल बस्याल, सुशील प्रसाद श्रेष्ठ र ठाकुर घिमिरे चुनावी प्रतिस्पर्धामा छन् ।

अध्यक्षका उम्मेदवार गैरेले आफ्नो जीवनको झण्डै दुई दशक उद्योग वाणिज्य संघमा बिताएकाले यो अधिवेशनबाट व्यवसायीहरूले नेतृत्वमा पठाउने बिश्वास व्यक्त गरे । गैरेले आफू व्यवसायीहरूकै बिचबाट आएको बताउँदै अग्रजहरूको आशीर्वाद र सहकर्मीहरूसँगको छलफल पछि मात्रै मैदानमा आएको बताए । गैरेलाई तीन वर्षअघि वर्तमान अध्यक्ष हरिप्रसाद अर्यालसँग पराजित भएका व्यवसायी दिनेशप्रसाद श्रेष्ठले साथ दिएका छन् । गैरे यस क्षेत्रका पुराना व्यवसायीमध्ये पर्छन् । संयुक्त प्यानलले सम्पूर्ण उद्योगी–व्यवसायीहरूको हित र समृद्धिलाई प्राथमिकतामा राख्दै १० बुँदे प्रतिबद्धता पत्रसमेत सार्वजनिक गरेको छ ।