नेपाल उद्यान महासंघको विस्तारित बैठक चितवनमा सम्पन्न

मेचीकाली संवाददाता

२१ कार्तिक २०८३, शुक्रबार
9 shares

बुटवल । नेपाल उद्यान महासंघको दोस्रो केन्द्रीय विस्तारित बैठक महासंघका अध्यक्ष खेमप्रसाद लुइटेलको अध्यक्षता र चितवनका वरिष्ठ डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा चितवनमा सम्पन्न भएको छ ।

बैठकमा महासंघको प्रगति विवरण, सांगठनिक रिपोर्टिङ, आ.व. २०८२/०८३ लेखा प्रतिवेदन, आर्थिक–प्रशासनिक कार्यविधि निर्माण, प्रदेशस्तरीय प्रस्तावना पेश, महासंघ नवीकरण, दोस्रो साधारणसभा र सदस्यता नवीकरण एजेन्डामा छलफल भएको थियो ।

बैठकका प्रमुख अतिथि आचार्यले वन, वातावरण र जैविक विविधता संरक्षणका लागि उद्यान महासंघको विशेष भूमिका हुने र पर्यटन प्रवद्र्धनका लागि पहल गर्नुपर्ने बताए । उद्यानको वर्गिकरण,यसको विशेषता र संरक्षणका लागि नेपाल उद्यान महासंघले नीतिगत रुपमा सरकारलाई सहयोग गर्न समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए । बैठकमा महासंघका सदस्यहरुको सार्थक सहभागिता रहेको थियो ।

कार्तिक २० गते, शुक्रवार उद्यान महासंघको सहकार्य, डिभिजन वन कार्यालयको संयोजन र चितवनमा रहेका सामुदायिक वनका व्यवस्थापनमा पर्यापर्यटनका अवसर, चुनौती र गन्तव्य विषयक विचार गोष्ठी हुने महासंघका प्रेस सल्लाहकार मनीष पन्थले जानकारी दिए ।