आगामी आर्थिक बर्षका लागि १ अर्व १८ करोड बजेट बिनियोजन

मेचीकाली संवाददाता

२२ असार २०७८, मंगलवार
700 shares

पार्बती आचार्य
कपिलबस्तु असार २१
बुद्धभूमि नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८÷०७९ का लागि १ अर्ब १८ करोडको बजेट बिनियोजन गर्दै निति योजना र कार्यक्रमहरु सर्बसम्मत रुपमा पारित गरेको छ । नगरपालिकाले नवौ नगरसभाबाट १ सय ११ बुँद्धे निति कार्यक्रम ,बिनियोजन ऐन २०७८ ,आर्थिक ऐन २०७८ र नगर दररेट २०७८ पारित भईसके पछि बजेट बिनियोजन गरेको हो ।
बजेट सार्वजनिक कार्यक्रममा बोल्दै नगर प्रमुख केशव कुमार श्रेष्ठले नगरले चार वटा गौरवका आयोजनालाई समेटर बजेट निर्माण गरेको बताए । बजेटमा टिक्कर–बुड्ढी– धनकौली , दुईलेन सडक , बुड्ढी तालको सौन्दर्यीकरण, थारु संग्रालय निर्माण तथा चक्रपथ निर्माणलाई नगर गौरवको योजनाको रुपमा राखिएको बताए ।
नगरसभा पश्चात पत्रकार सम्मेलनमा नगरपालिका नगर प्रमुख श्रेष्ठ ,उपमेयर मिरा थारु र प्रमुख प्रशासकिय अधिकृत अनिल पौडेलले नगरसभाबाट पारित निति योजना ,कार्यक्रम तथा निर्णय सम्बन्धी प्रेस बिज्ञप्ती मार्फत जानकारी गराएका थिए । यस्तै बजेटमा अधुरा योजना पूरा गर्न सकिने कामलाई प्राथमिकतामा राखिएको छ । अहिलेको बजेट अन्तिम कार्यकालको रहेको बताउँदै जनताले अनूभुति गर्ने खालका र समयमै काम सक्ने गरी बजेटमा कार्यक्रम समेटिएको नगर प्रमुख श्रेष्ठले बताए ।
यस्तै डिपीआर तयार भैसकेकोले १५ शैयाको हस्पिटल निर्माणलाई अगाडी बढाउन नगरबाट १ करोड बिनियोजन भएको उक्त कार्यलाई पुर्णता दिन जिल्ला समन्वय समिती तथा संघिय सरकार संग अपेक्षा गरिएको छ ।
चैत्र मसान्त सम्म योजना सम्पन्न गर्ने वडालाई थप प्रोत्साहन योजना दिने निती अंगिकार गरिएको , मानपुर स्वास्थ चौकीलाई सुबिधा सम्पन्न बनाउन बजेट ब्यवस्था भएको, प्राबिधिक शिक्षाको डिप्लोमा अध्ययनमा बार्षिक ३० हजारका दरले ३ बर्षसम्म ९० हजारको शिक्षण शुल्क प्रतिवडा १ जनाका दरले मधेशी थारु ,अति न्यून आर्थिक अवस्था भएका छात्रालाई स्करलसीपका लागि बजेट ब्यवस्था गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।


यस्तै हिंन्सा प्रभाबित महिलाको उद्दार तथा पुनरस्थापनाका लागि बजेट सहित क्वीक एक्सन टीम निती तथा बजेट ब्यबस्था गरिएको , स्नातकतहमा अध्ययनरत फरक क्षमताका बिद्यार्थीलाई पढाई सहजी करण स्वरुप ल्यापटप खरिदमा ४० प्रतिशत नगरपालिकाबाट ब्यहोर्ने गरी बजेट ब्यबस्था गरिएको छ । यस्तै प्रिन्टर नभएका २६ वटा बिद्यालयलाई १ थान कम्प्युटर र १ थान प्रिन्टर उपलब्ध गराउने , पहिलो पञ्चबर्षिय योजना पारित गर्दै कार्यान्वयन कार्ययोजना निर्माण तथा बिपत तथा जलबायु अनुकुल योजना तर्जुमा भएको , एकल महिलाको ब्यबसायीकताका लागि ब्यबसाय शुरुवात बिस्तारमा सहयोग गर्ने गरी बजेट ब्यबस्था गरिएको छ ।
दिगो बिकासका लागि स्थानियकरण , सो मुल्यांकन प्रर्णालीलाई थप ब्यबस्थीत र प्रभावकारी बनाउने बजेट तथा प्रबन्ध मिलाईएको छ । पत्रकार तथा कर्मचारी सम्मानकालागि नितीगत तथा कार्यक्रमिक प्रबन्ध मिलाईएको प्रेश बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
यस्तै किसानले उत्पादन गर्ने दुधको हकमा उत्पादनमा आधारित अनु्दान प्रणाली नमुनाका रुपमा शुरु गर्ने लगाएतका निर्णय गरिएको छ । योजनाबद्ध विकासले मात्र नगरबासीको मन जित्न सकिने भन्दै आवधिक योजना र पञ्चबर्षीय योजनालाई मार्गदर्शनको रुपमा लिइएको छ ।
यसैगरी नगरपालिकाका प्रवक्ता पवनकुमार चौधरीले पत्रकार समक्ष बजेटमा उल्लेखित महत्वपूर्ण योजना तथा कार्यक्रमको बारेमा जानकारी दिएका थिए । नगर प्रवक्ताले दिएको जानकारी अनुसार बुद्धभूमिले आगामी बजेटमा असाध्य रोगका विरामीलाई (पोषण तथा यातायात) १० हजार सम्म सहयोगका लागि बजेट ब्यबस्था गरिएको छ ।
यसैगरी वडा नं. ३ घनचौरामा शहरी स्वास्थ्य क्लिनक सञ्चालन गर्ने बिज्ञप्ती मार्फत जानकारी दिएका छन् । बालविकास केन्द्र र कार्यालय सहयोगीको मासिक तलवमा बृद्धि गरिएको छ , भने नगरपालिको अनुदानबाट विद्यालयमा ९० जना स्वयमसेवक शिक्षक राखिएको छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले असार ६ गते नीति तथा कार्यक्रम पास गरी सर्वसम्मत ढंगले बजेट पारित भएको बताए । कोभिड १९ का बीच पनि चालु आर्थिक बर्षमा नगरले सन्तोषजनक काम गरेको भन्दै आगामी आर्थिक बर्षको बजेटलाई छिटो छरितो रुपमा कार्यान्वयन गर्नमा जोड दिइने प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए ।
प्रशासकिय अधिकृत राजन पोखरेलको सहजीकरणमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा अध्यक्ष किरणमान बज्राचार्य लगाएतले आआफ्नो धारण राखेका थिए । सो कार्यक्रममा बिभिन्न संचार माध्ममा आबद्ध एक दर्जन बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।