

पार्वती आचार्य
कपिलवस्तु, असार २२
लगातार ३ बर्ष नै नगरपालिकामै सबै भन्दा छिटो योजना सम्पन्न गर्दै आएको बाणगंगा नगरपालिका वडा नंं. ७ ले यस बर्ष पनि शत प्रतिशत योजना फर्स्यौट गरि नगरमै अब्बल सावित भएको छ । विगतका बर्षमा पनि नगरपालिकाका ११ वटै वडामध्ये सबै भन्दा छिटो छरितो योजना सम्पन्न गर्न सफल भएको वडा नं. ७ ले चालु आर्थिक बर्ष २०७७÷०७८ मा पनि शतप्रतिशत योजना फर्स्यौट गरि सबै भन्दा अगाडि देखिएको छ ।
अर्थ मन्त्रालय महालेखा नियन्त्रकको कार्यालयको चलानी नं. ३६६ मिति २०७८÷०३÷१७ गतेको परिपत्र अनुसार आर्थिक बर्ष सकिन अगावै एक हप्ता वा असार २४ अगावै भुक्तानी निकासा बन्द गर्न आदेश भएको अवस्थामा कम प्रतिशत मात्र योजना सम्पन्न गर्ने वडाहरुले निकासा कसरी लिने हुन् जुन चासोको बिषय बनेको छ । यसरी जुन वडाका योजना धेरै छन् त्यही वडालेनै योजना छिटो छरितो सकेको अवस्था छ । भने योजना कम भएका वडाहरुले छिटो योजना सक्नुपर्नेमा पछाडि परेको तथ्यांकले देखाएको छ । साना योजना र ठुला योजनाको भुक्तानी प्रक्रिया उस्तै उस्तै रहेको हुन्छ ।
नगरपालिकाबाट प्राप्त असार २० गते सम्मको तथ्यांक अनुसार हालसम्मको वडागत विवरण यस प्रकार रहेको छ ।

चालु आथिक वर्षको अन्त्य सम्म आईपुग्दा वडा नम्बर ७ मा वडा स्तरका ५८ वटा योजना सम्पन्न भएका छन भने नगर स्तरका ७ वटा, प्रदेश स्तरका ४ वटा, राष्ट्रपति चुरे संरक्षणका २ वटा र केन्द्र स्तरको एउटा गरि जम्मा ७२ वटा योजना नगरमै छिटो छरितो फर्स्यौट गरि जनतालाई विकास निर्माणको अनुभुति गराउन सफल भएको छ । यसबाट वडा नं. ७ का जनप्रतिनिधि, टोल विकास संस्था, कर्मचारी, वडा नागरिक विकास निर्माणका कार्यमा अत्यन्तै सक्रिय भई लागेको देखिन्छ ।
जम्मा जम्मि २ करोड ९७ लाख बराबरको योजना सम्पन्न गर्न सफल भएको वडा सदस्य मुम बहादुर पाण्डे र कृष्ण प्रसाद खनालले जानकारी दिए ।
यसरी लगातार ४ बर्ष सम्म नगरको विकासमा सबै भन्दा छिटो योजनाहरु सम्पन्न गरेर जनतालाई विकासको अनुभुति प्रदान गर्न पाउँदा कस्तो अनुभव भएको छ भन्ने जिज्ञासामा वडा नं. ७ का वडा अध्यक्ष बिष्णु गिरीले गर्व महशुस भएको भन्दै साथ दिने सबै वडावासीलाई उनले धन्यवाद दिएका छन् । वडा अध्यक्ष गिरिले आगामि दिनमा पनि कुनै पुर्वाग्राही नराखी विशुद्ध वडावासीको आवश्यकता र मागलाई ध्यानमा राखेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
साथै टोल विकास संस्थाका अध्यक्ष राम बहादुर बस्नेत र भिम बहादुर थापाले खुशी व्यक्त गर्दै आगामि दिनमा पनि यसै गरि योजना सम्पन्न हुने धारणा व्यक्त गरे ।