शुद्धोधनमा किटजन्य रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

२८ असार २०७८, सोमबार
827 shares

नगेन्द्र केसी
भुजौली, असार २८ । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा कोरोना महामारीको कहरमा जुधिरहेको समयमा स्थानीय नागरीकहरुमा विभिन्न किटजन्य रोगहरुसम्बन्धी पैरवी गर्नका लागि जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला, स्वास्थ्य स्वयंसेवकका र सञ्चारकर्मीहरुसँग एकदिने अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

प्रदेश सरकार लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजना र शुद्धोधन गाउँपालिकाको कार्यालय मानपकडी रुपन्देहीको सहकार्यमा भएको कार्यक्रममा कोरोना महामारीसँग जुधिरहेको बेलामा अन्य रोगहरु जस्तैः मलेरिया, फाइलेरिया, डेंगु, चिकनफोनिया, जिका भाइरसलगायतका रोगहरु भित्रिने सम्भावना हुने भएकोले अभिमुखीकरण कार्यक्रम गरी स्वास्थ्यकर्मी, महिला स्वयम् सेविकाहरुको माध्यमबाटै सामुदायिकमा जनचेतना जगाउने मूल उद्देश्यका साथ कार्यक्रम गरिएको स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले जानकारी दिए ।

उक्त कार्यक्रममा प्रदेश सरकार लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय प्रमुख डा. राजेन्द्रकुमार गिरी रुपन्देहीको अध्यक्षतामा र शुद्धोधन गाउँपालिकाका अध्यक्ष किसुनचन्द चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष शान्तादेवी ज्ञवाली, गाउँपालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत बिपिन क्षेत्रीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा ४० जनाभन्दा धेरै स्थानीयहरुको उपस्थिति रहेको थियो । डा. सञ्जीवरञ्जन राय र केदारप्रसाद शाहले प्रशिक्षण दिएका थिए भने खड्वा बनगाई स्वास्थ्य चौकीका प्रमुख मदन पोख्रेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।