पहिरोले अवरुद्ध बुटवल–पाल्पा सडक खुल्यो

मेचीकाली संवाददाता

२९ असार २०७८, मंगलवार
931 shares

बुटवल । सोमबार राती देखि अवरुद्ध सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड एकतर्फी सन्चालनमा आएको छ। तानसेन नगरपालिका–८ गौडेपुल नजिकै पहिरो खस्दा सिद्धार्थ राजमार्ग सोमबार राती देखि अवरुद्ध भएको थियो ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार केहिबेर अघि पहिरो हटाईएपछि एकतर्फि सवारीसाधन सन्चालन गर्न सक्ने भएको छ। सडक अवरुद्ध भएपछी रोकिएका सवारी साधनहरु गन्तव्यमा जान हिँडेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले बताए । यो सडकखण्डमा दिनहुँजसो पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।