युवाको समन्वयमा सचिनको निशुल्क उपचार

मेचीकाली संवाददाता

५ श्रावण २०७८, मंगलवार
1138 shares

पार्बती आचार्य


कपिलबस्तु साउन ५
युवाको समन्वयमा हातको औंला काटीएका १३ बर्षीय बालक सचिन सुनारको निशुल्क उपचार भएको छ । बाणगङ्गा नगरपालिका १ बुङ्ची निवासी अति बिपन्न परिवारका सुनारको उपचारकालागि बाणगंगाका युवा चन्द्रकान्त पोख्रेलको समन्वयमा लुम्बिनी नर्सिङ्ग होम बुटवल अस्पताल सङ्ग गरिएको समन्वय पश्चात उनको निशुल्क उपचार भएको छ ।
आर्थिक अभावका कारण कामको सिलसिलामा भारत पुगेका ती बालकको काम गर्दा हातको औंला काटिएपछि उनको भारतमा आर्थिक अभावमा उपचार हुन नसके उनि पछि नेपाल आएका थिए । बिपन्न परिवारका सुनारको उपचारमा लागेको सम्पुर्ण खर्च लुम्बिनी नर्सिङ् होम बुटवलले ब्यहोरेको युवा नेता चन्द्रकान्त पोख्रेलले बताए ।
लुम्बिनी नर्सिङ् होमका बरिष्ठ हाडजर्नी तथा नशारोग बिशेषज्ञ डा.राज कृष्ण श्रेष्ठ र सुमित्रा थापा लगााएत नर्सिङ् होम परिवार बुटवल प्रति युवा नेता चन्द्रकान्त पोख्रेल , शक्ति सिंह ठकुरी , शुसिल ठकुरी , ईश्वर थापा र दिपेन्द्र बिसीलें बिपन्न परिवारको साहारा बनेकोमा हार्दिक आभार एवं धन्यवाद ब्यक्त गरेका छन् ।


ती बालकको औला दुई टुक्रा भएको छ उनि घरमा नै बसेका छन् भन्ने खबर पाउनुका साथै आर्थिक अवस्था समेत एकदमै नाजुक भएको थाहा पाएपछि उनको उपचार कसरी गर्न सकिन्छ भन्ने तर्फ युवाहरु लागेका थिए । बुङ्चिका ईश्वर थापा र दिपेन्द्र बिसिको सान्वयमा पहिला उनलाई कपिलवस्तु सामुदायिक अस्पतालमा ल्याईयो । त्यहा उपचार हुन नसकेपछि लुम्बिनी नर्सिङ होम बुटवलमा लगेर निशुल्क उपचार गरी साउन ४ गते घर ल्याईएको युवा नेता पोख्रेलले बताए ।
सचिन सुनारको घरमा आमा र छोरा छन् उनिहरु सुकुम्बासी बस्तीका बासिन्दा हुन । सचिनकी आमाले दैनिकी मजदुरी गरेर आफु र छोराको जिबीको चलाउँदै आएकी थिईन् । आमालाई केही सहयोग होला भनेर सचिन भारत पुगे । काममा लागेको हप्ता दिन नपुग्दै उनको हातको औंला काटियो त्यस पछि उनि नेपाल फर्किएको बताउँछन् ।
अब मेरो उपचार हुँदैन होला भन्ने सोंच बनाएका सचिनका आमा र छोराले उपचार पाएपछि युवाहरुलाई र नर्सिङ् होम बुटवललाई खुशी हुँदै धन्यवाद दिएका छन् । युवाहरुले बिगतका बर्षहरु देखि नै बिपन्नहरुको घाउमा मलहम पट्टी लगाई पुण्य कमाउँदै आएका छन् ।