बुद्धभुमि नगरपालिका द्वारा मेरोसाथी एफएमलाई कम्प्युटर हस्तान्तरण

मेचीकाली संवाददाता

५ श्रावण २०७८, मंगलवार
632 shares

पार्बती आचार्य

कपिलबस्तु साउन ४

बुद्धभुमि नगरपालिका वडा नं. २ गोरुसिंगे स्थित मेरोसाथी एफएमलाई बुद्धभुमि नगरपालिकाले एक थान कम्प्युटर हस्तान्तरण गरेको छ । मिडीयालाई प्रबर्धन गर्दै आएको पालिकाले आफ्नै नगरको बजारक्षेत्र गोरुसिंगेमा संचालन भैरहेको मेरोसाथी एफएममा केही दिन अगाडी परेको चट्याङ्बाट संचारमा समस्या भएको नगरपालिकालाई जानकारी गराईएको थियो ।

सो जानकारी पाए लगत्तै नगरपालिकाले संचारमा आएको समस्यालाई समाधान गर्नका लागि नगरपालिकाले निर्णय गरेको मेयर केशव कुमार श्रेष्ठले बताए । संचारकर्मीहरुले समन्वय गरेर यस नगरपालिकाले गरेका राम्रा कामहरुलाई मुल्यांकन गरेर बाहिर ल्याउने छ र नराम्रा कामहरुलाई सुझाव दिन आग्रह गरेका छन् ।

यस्तै नगरपालिकाले गरेका कामहरुलाई जस्ताको त्यस्तै बिभिन्न सुचनाहरु प्रशारण गर्दै आएको मिडीयालाई नगरपालिकाको सानो सहयोगले केही सहज हुनेछ भन्ने उद्देश्यले कम्प्युटर सहयोग गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल पौडेलले बताए । उनले हस्तान्तरण गरिएको सामाग्रीको सही सदुपयोग गर्न आग्रह गरेका थिए ।

मेरोसाथी एफएमका संचालक चिन्ता परियारले संचार सामाग्री हस्तान्तरण गरिदिकोमा मेयर , उपमेयर , नगर प्रबक्ता , प्रमुख प्रशासकिय अधिकृत लगाएत नगरपालिका कार्य समिती परिवारलाई धन्यवाद दिएका थिए । कोरोनाको चपेटामा परेको र दुई पटक सम्म चट्याङ्ले चपेटामा पारेको मिडीयालाई संचार सामाग्री उपलब्ध गराई संचारलाई अगाडी बढाउन थप प्रेरणा दिएकोमा आभार ब्यक्त गरे ।

संचार समाग्री मेयर केशव कुमार श्रेष्ठ , उपमेयर मिरा थारु , नगर प्रबक्ता पवन कुमार थारु , कार्यपालिका सदस्य ,प्रमुख प्रशासकिय अधिकृत अनिल पौडेल , प्रशासन शाखा अधिकृत राजन पोख्रेल लगाएतले संचार सामाग्री हस्तान्तरण गरेका थिए ।