![](https://mechikalinews.com/wp-content/uploads/2023/01/eye-1.gif)
![](https://mechikalinews.com/wp-content/uploads/2022/01/sajha-hospital.jpg)
बुटवल। बुटवलमा रहेको साझा हस्पिटल प्रालिले नयाँ सेवा आरम्भ गरेको छ । सोमबार पत्रकार सम्मेलन गरी अस्पतालले हेमोडायलाइसिस, एनआईसीयू तथा यूरो सर्जरी सेवा शुभारम्भ गरेको जनाएको हो ।
मिर्गौलाका बिरामीहरु दिनप्रतिदिन बढिरहेको परिस्थितिमा बिरामीहरुको चापलाई मध्य नजर गरी उनीहरुलाई सुलभ उपचारको व्ययवस्था गर्ने लक्ष्यसहित हेमोडायलासिस सेवा प्रारम्भ गरेको साझा अस्पतालका अध्यक्ष गोविन्द खनालले बताए ।
छोटो समयमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरी सबैको विश्वास जितेको साझा हस्पिटलले नियमित डायलाइसिस गराउनुपर्ने बिरामीहरुले सर्वसुलभ सेवा पाउन नसक्दा अस्पताल बाहिर जानुपर्ने जसले गर्दा बिरामीहरुलाई उच्च आर्थिक व्ययभार पर्ने र असुविधा हुने गरेकोले सेवा थप गरिएको अध्यक्ष खनालले बताए ।
यसका साथै अस्पतालले नवजात शिशु सघन उपचार केन्द्र (एनआईसीयू) अति कम रहेकाले निकै समस्या भएको बताउँदै नवजात शिशुहरुको लागि जटिल उपचारका लागि एनआईसीयू सेवा प्रारम्भ गरेको बाल रोग विशेषज्ञ डा. विनोद पराजुलीले बताए । अत्याधुनिक मेशिनहरु जडित यस एनआईसीयू सेवाले नवजात शिशुहरुको स्वास्थ्य उपचारमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास डा। पराजुलीले बताए ।
पछिल्लो समयमा मिर्गौलासम्बन्धी समस्या बढ्दै गएकाले दैनिक आहारविहार तथा जीवनशैलीका कारण बिग्रदै गएको मानव स्वास्थ्यमा सुधार गर्न, रोग लाग्नबाट बचाउन, जनचेतना एवं जनजागरण अभियान चलाउनुपर्नेमा अस्पतालले जोड दिएको छ । हाल ८ वटा मेशिनबाट सुरु गरिएको र निकट भविष्यमै ५० वटा मेसिन पु¥याई लुम्बिनी प्रदेशकै ठूलो र नमुना डायलाइसिस सेन्टर बनाउने योजनारहेको अध्यक्ष खनालले पत्रकार सम्मेलनमा बताए ।
साझा हस्पिटलमा आईसीयू सेवा अर्थोपेडिक तथा ट्रमा सर्जरी सेवा, न्यूरो सर्जरी सेवा जनरल तथा ल्यापरोस्कोपी सेवा,पेडियाट्रिक सर्जरी सेवा, इएन्टी सर्जरी सेवा, मेडिसिन सेवा, प्रसुति सेवा, युरो सर्जरी, रेडियोग्राफी सेवा,चौबिसैघण्टा इमर्जेन्सी सेवालगायतका विशेषज्ञ सेवाका साथै निसन्तान दम्पत्तिका लागि टेस्टट्युब बेबी सेवाहरु यस अघिदेखि नै सञ्चालनमा रहेका छन् ।