सियारीमा स्वास्थ्य कार्यक्रमहरुको अर्धवार्षिक प्रगति समिक्षा

मेचीकाली संवाददाता

२८ माघ २०७८, शुक्रबार
698 shares

तुलसीराम पौडेल
सियारी । रुपन्देहीको सियारी गाउँपालिकामा पालिका स्तरीय स्वास्थ्य कार्यकमहरुको अर्धवार्षिक प्रगति समिक्षा तथा योजना गोष्ठी बिहिवार सम्पन्न भएको छ ।

गाउँपालिका अन्तर्गतका सम्पूर्ण स्वास्थ्य सस्थाहरुका प्रमुखहरू सहभागी भएको उक्त समिक्षा कार्यक्रममा गाउँपालिका अन्तरगत गरिएका स्वास्थ्य गतिविधिको प्रगति एव भावी योजनाको बारेमा छलफल गरिएको थियोे ।

गाउँपालिका अध्यक्ष अयोध्या थारुले सियारीका सम्पूर्ण नागरिकमा स्वास्थ्य सेवाको पहुँच होस भन्ने उद्देश्यले गाउपालिकाले स्वास्थ्यमा धेरै लगानी गरेको बताए ।

स्वस्थ्य बच्चा जन्माउनको लागि एवं कुपोषणबाट बचाउनको लागि स्वास्थ्यकर्मी,जनप्रतिनिधि एवं सम्बन्धि सरोकारवाला सबै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए ।

सियारी गाउपालिकामा गाउपालिकाको तर्फबाट पश्चिम् अमवा हेल्थपोस्टबाट दुई जना स्टाफ नर्स र एक जना डाक्टर सहितको स्वास्थ्य सेवा संचालन भैरहेको छ ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मीन प्रसाद भट्टराईको अध्यक्षता, गाउँपालिका अध्यक्ष अयोध्या प्रसाद थारुको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रशासन प्रमुख चिरञ्जीवी गौतम, मेडिकल अधिकृत डा. सागर न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमको संचालन स्वास्थ शाखा प्रमुख बुद्धि बहादुर घर्तिले गरेका थिए ।