लमही अस्पतालमा पुनः प्रसुति सल्यक्रिया सञ्चालन

मेचीकाली संवाददाता

७ फाल्गुन २०७८, शनिबार
565 shares

कपिलवस्तु। दाङको लमही अस्पतालले फागुन ५ गतेदेखि पुनः आमा सुरक्षा कार्यक्रम अन्तरर्गग प्रसुति सल्यक्रिया सेवा सञ्चालनमा ल्याएको छ ।

मिक्साईमन ईस्सीच्युट ललितपुर र लमही अस्पताल दाङको समन्वयमा फागुन ५ गते देखि पुनः सञ्चालनमा ल्याईएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन डा. रंजीता महतोले जानकारी दिईन् ।

उक्त सेवा तालिम प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीद्वारा प्रदान भइरहेको लमही अस्पतालले जानकारी दिएको छ । सेवा पुनः सञ्चालनमा आएसँगै शनिबार एकजनालाई सल्यक्रियाद्वारा प्रसुती सेवा दिईएको छ ।

साथै सल्यक्रियाद्वारा प्रसुती सेवा पुन संचालनमा आएको हुँदा सेवाग्राहीहरुलाई उक्त सेवा लिनका लागि अस्पतालमा आउन डाक्टर महतोले आग्रह गरिन ।