स्वास्थ्य चौकीहरुमा स्वास्थ्य सामग्री वितरण

मेचीकाली संवाददाता

११ श्रावण २०७८, सोमबार
858 shares

नगेन्द्र केसी
भुजौली । रुपन्देहीको शुद्धोधन गाउँपालिका, बुटवल उपमहानगरपालिका र सियारी गाउँपालिकाका विभिन्न स्वास्थ्य चौकीहरुमा स्वास्थ्य सामग्री वितरण गरिएको छ । कोरोना भाइरसको कारणले उत्पन्न कठिन परिस्थितिमा गरिब तथा अतिविपन्न घरपरिवारहरुलाई गृहमन्त्री बालकृष्ण खाँणको पहलमा स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

निर्वाचन क्षेत्र नं ३ अन्तर्गतका हरेक स्वास्थ्य चौकीहरुलाई बिरामी सुत्ने बेड दुई थान, सेनिटाइजर ५ लिटर, पिपिइसेट १५ थान, गमबुट दुई थान, सिरानी दुई थान, म्याट्रेक्स दुई थान, प्लस ओक्सीमिटर १ थान, सर्जिकल ग्लोबस ५० थान, फेस सिड २० थान, सर्जिकल माक्स सय थान, नोजल अक्सिजन क्येनुल, २० थानलगायतका स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।

खडवा बनगाई स्वास्थ्य चौकी शुद्धोधन–२ रुपन्देही सेमलार स्वास्थ्य चौकी बुटवल उपमाहानगरपालिका–१७ रुपन्देही मोतीपुर स्वास्थ्य चौकी बुटवल उपमाहानगर पालिका–१७ रुपन्देही मानमटेरिया स्वास्थ्य चौकी शुद्धोधन–७ शिसवा रुपन्देही हर्नैया स्वास्थ्य चौकी सियारी–३ हर्नैया रुपन्देही मैनहिया स्वास्थ्य चौकी सियारी–२ मैनहिया रुपन्देही, मानपकडी स्वास्थ्य चौकी शुद्धोधन–५ मानपकडी रुपन्देहीस्थित रहेका स्वास्थ्य चौकीका स्वास्थ्य प्रमुख तथा स्वास्थ्यकर्मीहरु लाई स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

उक्त कार्यक्रममा नेपाली कंग्रेस महासमितिका सदस्य विष्णुप्रसाद बस्यालको संयोजकत्वमा भएको वितरण कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य शिवराम न्यौपाने, प्रदेश क्षेत्र नं.३ का सभापति कृष्णबहादुर विष्ट, नेपाली कांग्रेस प्रदेशसभा उपाध्यक्ष मनोहरराज भण्डारी, नेपाली कांग्रेस क्षेत्रीय सचिव सुशील गुरुङ, शुगापा ५ का वडा सदस्य चन्दभान चौधरी, प्रदेश क्षेत्र नं ३ का सचिव उमाकान्त चापागाईं, नेपाली कांग्रेस शुद्धोधनका सभापति शेरबहादुर काफ्ले, नेपाली कांग्रेस शुद्धोधनका उपसभापति दामोदर पौडेललगायत स्थानीय पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न स्वास्थ्य चौकीका पदअधिकारी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले महामारीको समयमा पनि हरेक स्वास्थ्य चौकीमा पुगेर योगदान गरेकामा धन्यवादसहित सबै स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्यकर्मीहरुले धन्यवाद पत्रसमेत नेपाली कांग्रेसका कार्यकर्तालाई बुझाएका थिए ।