स्वास्थ्य चौकीहरुलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण

मेचीकाली संवाददाता

१२ श्रावण २०७८, मंगलवार
839 shares

पार्बती आचार्य
कपिलवस्तु, साउन १२ । बुद्धभुमी नगरपालिकाले नगरका १० वटै स्वास्थ्य चौकीहरुलाई कम्प्युटर सेट र एक एक थान प्रिन्टर हस्तान्तरण गरेको छ । बुद्धभुमि नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य चौकीका प्रमुखलाई उक्त सामान हस्तान्तरण गरिएको हो ।

सो सामाग्री नगर प्रमुख केशव कुमार श्रेष्ठ, उप प्रमुख मीरा थारू, प्रबक्ता पवन कुमार थारु तथा निमित्त. प्रमुख प्रशासकीय अधिकृत राजन कुमार पोखरेलले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन । कार्यक्रममा नगर प्रमुख श्रेष्ठले संचार तथा कार्यालय व्यवस्थापन सामाग्रीले कार्यालयको काममा अरू बढी गतिशीलता ल्याउने बताए । उनले स्वास्थ्य चौकीमा पेपरलेस अवधारणालाई मूर्तरूप दिन सहयोग पुग्ने बताए ।

स्वास्थ्य संयोजक खुबिराम खनाल र वडा नं. २ का स्वास्थ्य चौकीका प्रमुख डोल बिक्रम बेल्बासेले स्वास्थ्य संस्थाहरुमा दैनिक भएका कार्यहरुलाई कम्प्युटरमा ईन्ट्री गर्दा सहज हुने बताए । सोही कार्यक्रममा बिच बुद्धभूमि नगरपालिकाका अतिबिपन्न तथा पिछडिएको समुदायका प्राविधिक शिक्षा अध्ययन गर्ने छात्रालाई छात्रवृत्ति वितरण गरिएको छ । सो कार्यविधि २०७८ बमोजिम नगरपालिका ३ रनगाईमा स्थानी बसोबास गर्ने छात्रा सस्मिता चौधरी र वडा नम्बर १०, बिजगौरीमा स्थायी बसोबास गर्ने साहिन खानलाई ३० हजारका दरले छाबबृत्ति प्रदान गरिएको थियो ।

उक्त रकम नगर प्रमुख तथा उप प्रमुखले छात्रवृत्ति हस्तान्तरण गरेका थिए । उक्त छात्रवृति प्राप्त गर्ने छात्राहरूले लगातार प्रति वर्ष रु ३० हजारका दरले रकम प्राप्त गर्ने नगर प्रमुख श्रेष्ठले बताए । कार्यक्रम निमित्त प्रमुख प्रशासकिय अधिकृत राजन कुमार पोखरेलको स्वागत तथा स्वास्थ्य शाखाका स्वास्थ्य अधिकृत गोकर्ण अर्यालको संचालनमा सम्पन्न भएको थियो ।