स्वास्थ्य स्वयंसेविकालाई रिफ्रेसर तालिम

मेचीकाली संवाददाता

२६ फाल्गुन २०७८, बिहीबार
432 shares

रामपुर । पाल्पाको पूर्वखोला गाउँपालिकामा सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई रिफ्रेसर तालिम सुरु भएको छ । स्वास्थ्य स्वयंसेविकाले समुदायस्तरमा प्रदान गर्ने स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन तीन दिने तालिम सुरु गरिएको हो । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनमा सुरु भएको तालिमा ५ वटै वडाका स्वास्थ्य स्वयमसेविकाको सहभागिता रहेको छ ।

तालिमको उद्घान गर्दै कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले सामुदायिक स्वास्थ्य सेवा नागरिकले पाउने पहिलो सेवा भएकोले यसलाई गुणस्तरीय बनाउन रिफ्रेसर तालिमले टेवा पुग्ने अपेक्षा लिइएको बताए । गाउँपालिका पूर्वखोलवासीको स्वास्थ्य सेवा उपभोग गर्न पाउने नैसर्गिक अधिकार प्रति संवेदनशील रहेको भन्दै स्वास्थ्य सेवाको सहज पहुँचमा ल्याउन पूर्वखोला गाउँपालिका दिनरात लागि परेको बताए । महिला स्वास्थ्य स्वयंसेविकाले समुदायस्तरमा रही भौगोलीक कठिनाइका बीच दिनरात स्वास्थ्य सेवा दिएको प्रति धन्यवाद दिर्दै महिला स्वास्थ्य स्वयंसेविकाको भुमिको गाउँपालिकाले मूल्याङ्कन गर्ने बताए ।

यस्तै गाउँपालिका उपाध्यक्ष भागिरथी भट्टराईले महिला स्वास्थ्य स्वयंसेविकाले गाउँटोलमा पुगेर दिने स्वास्थ्य सेवालाई थप गुणस्तरीय बनाउन तालिमले सहयोग गर्ने भन्दै पूर्वखोलाको स्वास्थ्य सेवालाई सेवामैत्री बनाउन स्वयमसेविकाको भूमिका महत्वपूर्ण रहेको बताइन् ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले महिला स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य सेवाप्रतिको ज्ञानलाई पुनर्ताजगी गर्न तालिम आयोजना गरिएको भन्दै तालिममा सिकेको ज्ञान समुदाय स्तरमा बाँड्न र अलमलमा परेका विषयमा प्रष्ट हुन सहयोग पुग्ने बताए ।

स्वास्थ्य क्षेत्र संवेदनशील र अति आवश्यक विषय भएकोले सामुदायिक स्वास्थ्य सेवाको पहुँचमा ल्याउन रिफ्रेसमेन्ट तालिम सफल हुने बताए । तालिममा पूर्वखोला गाउँपालिकाका ५ वटै वडा महिला स्वास्थ्य स्वयंमसेविकाको सहभागिता रहेको छ ।