जेष्ठ नागरिकका लागि इलेक्ट्रिक जग उपयोगी ः अध्यक्ष जि.सी.

मेचीकाली संवाददाता

१ चैत्र २०७८, मंगलवार
786 shares


नेत्र गैरे
पाल्पा । रिब्दीकोट गाउँपालिकाले जेष्ठ नागरिकको स्वास्थ्य लक्षित कार्यक्रम अन्र्तगत वडा नं. ५ का ६० बर्ष उमेर नाघेका ३ सय ५० जना जेष्ठ नागरिकहरुलाई पानी तताउने विद्युतिय जार वितरण गरि सम्म्मान गरेकोे छ । जेष्ठ नागरिकहरु अनुभवका खानी भएको भन्दै गाउँपालिकाले ६० बर्ष उमेर नाघेका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको गाउँपालिकाले जनाएको छ ।


स्वच्छ पिउने पानीले धेरै रोगहरु बाट बँच्न सकिने र जेष्ठ नागरिकको जीवन रक्षा गर्न सकिने भन्दै गाउँपालिकाले जेष्ठ नागरिक लक्षित स्वास्थ्य कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीको भनाई छ । कार्यक्रममा इलेक्ट्रिकल जगको सहि सदुपयोग गरि तातो पानी उपयोग गर्न अध्यक्ष जिसीले आग्रह गरे । पछिल्लो समयमा जलवायु परिवर्तन,पर्यावरणीय सन्तुलनमा ह्रास आएका कारणले पानीका स्रोतहरू फोहोर हुने,पानीलाई लिफ्टिङ्ग मार्फत ट्याकीमा संकलन गरि वितरण गर्दा पानीको शुद्वतामा कमि हुने हुँदा इलेक्ट्रिकल जगले शुद्व खानेपानीको प्रयोगमा बढ्वा दिन सहयोग पुग्ने उनले बताए ।


गाउँपालिकाले पालिकाका ८ वटै वडाहरूमा जेष्ठ नागरिकको सम्मान स्वरूपमा इलेक्ट्रिकल जग हस्तान्तरण गर्ने, जेष्ठ नागरिकहरूको घरघरमा स्वास्थ्य परिक्षण गराउने,विभिन्न रोगहरूबाट बच्नका लागि विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको अध्यक्ष जि.सी.ले बताए ।
आफु दिर्घ रोगी भएको र नियमित औषधी सेवन गर्नपर्ने हुँदा गाउँपालिकाले उपहार स्वरूप इलेक्ट्रिकल जग दिँदा उपयोगी भएको र वडाका भित्रका जेष्ठ नागरिकलाई सम्झिएकोमा खुशी व्यक्त गरेका थिए ।


गाउँपालिकाले जेष्ठ नागरिकको सम्मानको लागि जग हस्तान्तरण गरेकोमा गाउँपालिकालाई धन्यवाद दिदै गाउँपालिकाका जेष्ठ नागरिकहरूलाई शुद्व खानेपानी उपभोगमा अभिप्रेरित गर्नका लागि अभियान ल्याएकोमा खुशी लागेको स्थानीय जेष्ठ नागरिक इन्द बहादुर मगरको भनाई थियो ।
पानी तताउने जग वितरण गर्दा र त्यसको यथोचित प्रयोगले दुषित पानी बाट लाग्ने सबै रोगहरुमा कमी आउने कुसुमखोला स्वास्थ्य चौकी प्रमुख दुर्पता ज्ञवालीले बताईन । उनले मानिसहरुमा धेरै रोगहरू अशुद्व खानेपानीका कारण लाग्ने हुदा गाउँपालिकाले जेष्ठ नागरिकहरूलाई शुद्व खानेपानीको लागि उपहार स्वरूप बिद्युतिय पानी तताउने जग हस्तान्तरण गरिएको बताईन ।


कार्यक्रममा वडा अध्यक्ष कृष्ण बहादुर थापाले जेष्ठ नागरिकहरूको सम्मान स्वरूप इलेक्ट्रिकल जग प्रदान गरिएको बताए । जेष्ठ नागरिकहरूको उमेर सँगै शारीरिक अवस्थामा परिवर्तन हुँदा स्वस्थ खानपिनमा बिशेष ध्यान दिनुपर्ने अवस्थालाई मध्ये नजर गरि शुद्व खानेपानीको लागि इलेक्ट्रिकल जग हस्तान्तरण गरिएको बताए ।

कार्यक्रममा पुर्व गाविस अध्यक्ष माधव आचार्य, नेकपा एमालेका जिल्ला कमिटि सदस्य वेनि माधव आचार्य, मेघराज आचार्य,नेकपा एमाले वडा न ५ का अध्यक्ष रमेश आचार्य,नेपाली काङ्ग्रेसका प्रतिनिधि गणेश प्रसाद खनाल लगायतले मन्तव्य दिएका थिए ।