फैलिदै कोरोनाः एकैदिन थपिए ३ हजार ८९९ संक्रमित

मेचीकाली संवाददाता

१२ श्रावण २०७८, मंगलवार
694 shares

बुटवल । नेपालमा मंगलबार एकैदिन ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जना र ४ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा १ हजार १७३ गरी ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो कुल परीक्षणको २२ दशमलव २५ प्रतिशत हो ।

यस्तै मंगलबार कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ७७८ जना निको भएका छन् । मंगलबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ८५ हजार ५७३ पुगेको छ । तीमध्ये ९ हजार ७५८ जनाको मृत्यु भएको छ भने ६ लाख ४७ हजार ७९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ८३६ जना रहेका छन् । जसमध्ये २५ हजार ९३८ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ८९८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६११ जना आईसीयू र १७१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।