भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाको पहिलो बैठक सम्पन्न

मेचीकाली संवाददाता

१२ श्रावण २०७८, मंगलवार
628 shares

पार्बती आचार्य
कपिलवस्तु, साउन १२ । भ्रष्टाचार बिरुद्धको नागरिक निगरानी संस्था कपिलबस्तुको पहिलो बैठक सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शिवलाल यादवको अध्यक्षतामा निगरानी संस्थाको पहिलो बैठक तौलिहवामा सम्पन्न भएको हो । बैठकले बिभिन्न एजेण्डामाथि छलफल गरी निर्णयहरु समेत गरेको छ । संस्थाको खाता संचालन गर्ने, सम्पुर्ण स्थानियतहबाट संस्थामा १ पुरुष र १ जना महिलाको प्रतिनिधित्व गराउनका लागि स्थानियतहरु लाई पत्रचार गर्ने लगाएतको निर्णय गरिएको छ ।

यस्तै संस्थाका कोषाध्यक्ष पुष्पा आचार्यलाई संस्थाको कार्यालय ब्यबस्थापनको लागि जिम्मेवारी दिईएको छ । भने संस्थाका सदस्य रबि ठाकुरलाई समाज कल्याण परिषदमा आबद्धताको लागि जिम्मा दिईएको छ, आन्तरिक राजस्व कार्यालय अन्तर्गत करदाता सेवा कार्यालय तौलिहवामा दर्ताको लागि संस्थाका अध्यक्ष तथा कोषाध्यक्षलाई अख्तियारी दिने निर्णय भएको छ ।

यस संस्थाले भ्रष्टाचार र शुसासनको बिषयमा काम गर्ने भएको हुँदा स्थानियतहहरु संग मिलेर काम गरिने संस्थाका अध्यक्ष शिवलाल यादवले बताए । संस्थालाई अगाडी बढाउन संस्थाका संम्पुर्ण पदाधिकारीहरुको एक्यबद्धता हुन आबश्यक भएको अध्यक्ष यादवले बताएका छन् ।
संस्थाका सचिव खुमानन्द घिमिरेको सञ्चालनमा सम्पन्न बैठकमा सदस्य डोलख बहादुर पछाई, जानु पाण्डे, शान्ता सापकोटा, गिता देबी पौडेल, पार्बती आचार्य र रिता श्रेष्ठको उपस्थिती रहेको थियो ।