पाँच करोडभन्दा बढीको अवैध सामान बरामद

मेचीकाली संवाददाता

१४ श्रावण २०७८, बिहीबार
529 shares

कपिलवस्तु, साउन १४ । प्रहरीले कपिलवस्तुमा एक वर्षको अवधिमा अवैध रुपमा भित्राइएका साढे ५ करोड बढीको विभिन्न मालसामानहरु बरामद गरेको छ । गत आर्थिक वर्ष २०७७÷०७८ मा प्रहरीले भारतबाट अवैधरुपमा भित्राइएका कूल ५ करोड ७० लाख ३७ हजार ३ सय ७५ रुपैयाँको विभिन्न माल सामान बरामद गरेको हो ।

आर्थिक वर्ष २०७६÷०७७ मा जम्मा १ करोड २ लाख १९ हजार ३ सय ६१ को माल सामान बरामद भएको थियो । प्रहरी उपरीक्षक दानबहादुर कार्कीले तस्करहरुमाथी निगरानी बढाइए पछि यस्तो परिणाम आएको बताएका छन् । गत आर्थिक वर्षको असारमा सबैभन्दा बढी ९९ लाख ९४ हजारको सरसमानम बरामद गरिएको थियो । यस्तै गत साउनमा ९२ लाख २३ हजारको सामान पक्राउ परको थियो ।

गतवर्ष २ करोड ६६ लाखको सवारी साधान, २४ लाख २५ हजारको किराना सामान, मटर केराउ २१ लाख १८ हजार, लत्ताकपडा ३३ लाख ९९ हजार, रागा भैसी ३२ लाख १४ हजार, खसीबोका २६ लाख ४० हजारको पक्राउ गरिएको थियो । यस्तै १९ लाखको इलेक्ट्रीकका सामान, ३५ लाख ५० हजारको चल्ला तथा माछा, १६ लाख नगद, ४५ लाख ६१ हजारको सुनचाँदी बरामद भएको थियो भने १६ लाख ८८ हजारको काठ, १६ लाख ६६ हजारको गोरुगाई तथा अन्य समान १५ लाख ५४ हजारको बरामद भएको प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताए ।

यस्तै सुठौली भन्सारका प्रमुख रमेश खड्काले प्रहरीले निगरानी बढाउदा एक वर्षमा साढे ५ करोड बढीको अबैध सामान बरामद गर्न सफल भएको बताए । प्रहरीकै कडाइका कारण सुठौली र कृष्णनगर भन्सारको लक्ष्यसमेत पार भएको समेत बताएका छन् । बरामद गरिएको मालसामानहरु सुठौली र कृष्णनगर भन्सारमा बुझाइएको प्रहरी नायव उपरिक्षक भण्डारीले बताए । ‘प्रहरीको अथक प्रयास र निगरानीमा सो परिणाम आएको प्रहरी उपरीक्षक कार्कीले बताए ।