शुद्दोधन गाउपालिकामा पालिकास्तरीय परियोजना सल्लाहकार समितिको बैठक

मेचीकाली संवाददाता

१५ श्रावण २०७८, शुक्रबार
518 shares


तुलसीराम पौडेल —-
फर्साटिकर, श्रावण १५
रुपन्देहीको शुद्दोधन गाउपालिकामा पालिका स्तरीय परीयोजना सल्लाहकार समितिको बैठक सम्पन्न भयो। कपिलवस्तु इन्टिग्रेटेड डेभलपमेन्ट सर्भिसेज (किड्स) को आयोजनामा उक्त बैठक सम्पन्न भएको हो ।शुद्दोधन गाउपालिका अध्यक्ष किसुन चन्द चौधरीको अध्यक्षतामा सम्पन्न बैठकमा किड्स सस्थाको लक्ष्य ,उद्देश्यको वारेमा युवा तथा किशोरी कार्यक्रमका कार्यक्रम संयोजक हुमलाल अधिकारीले स्पष्ट पार्नुभएको थियोे ।हाल यस सस्थाले लुम्बिनी प्रदेशका रुपन्देही ,कपिलवस्तु र दाङ जिल्लामा किशोरकिशोरी तथा युवा कार्यक्रम र लुम्बिनी तथा कर्ण्ााली प्रदेशका विभिन्न जिल्लाहरुमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ।
“स्वास्थ्य ,समतामूलक र स्वालम्वी समाजको स्थापना ” मा टेवा पुर्‍याउने यस सस्थाको लक्ष्य रहेको छ।
महिला तथा बालबालिकाको हक अधिकार सम्बर्द्धन तथा सरक्षणका साथै तिनको स्वास्थ्य ,पोषण ,शिक्षा सम्बन्धि कार्यक्रम संचालन गर्ने, शैक्षिक स्वास्थ्य तथा आर्थिक स्तर उकास्न सहयोग गर्ने, समतामूलक समाजको लागि छुवाछूत लगायतका कुरितीहरु हटाउन प्रयास गर्ने, साना उद्योगका साथै सीपमूलक आयमुलुक कृषिजन्य तथा अन्य व्यबसाय तथा विकासका लागी कार्यक्रम संचालन गर्ने,दैवि प्रकोपको दीर्घकालीन समस्या समाधानका साथै बातावरणिय संतुलन ,वन क्षेत्र संरक्षण ,कृषिको उन्नत प्रविधि हस्तान्तरणद्वारा गरीबी न्यूनीकरण गर्ने सस्थाको उद्देश्य रहेकोे छ।
कार्यक्रममा गाउपालिका अध्यक्ष किसुन चन्द चौधरी , उपाध्यक्ष शान्ता ज्ञवाली ,प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री ,लेखा अधिकृत लक्ष्मण पाण्डे ,स्वास्थ्य संयोजक समिर भण्डारी ,बबिता न्यौपाने ,किड्सका कार्यक्रम संयोजक हुमलाल अधिकारी ,एम एण्ड ई अफिसर ओम प्रकाश उपाध्याय,। प्रोग्राम अफिसर सुदर्शन गौतम ,सामुदायिक सहजकर्ता सृजना चौधरी लगायतको उपस्थिति रहेकोे थियो ।