

बुटवल । गीतकार लक्ष्मण पाण्डेको शब्द र गायिका अस्मिता अधिकारीको स्वरमा ‘सम्झना’ बोलको गीत बजारमा आएको छ । उक्त गीतमा पेशाले निजामती कर्मचारी पाण्डेकै संगीत शृजना रहेको छ । उनि रुपन्देहीको शुद्धोधन गाउँपालिका लेखा अधिकृतको रुपमा कार्यरत छन् ।
उक्त गीतको भिडीयोमा टिकटकबाट मोडलिङमा आएकी सुन्दरी मोडल गीत ढुंगाना र दिनेश कठायतको अभिनय रहेको छ । भिडियोमा प्रेमीकाले आफ्नो दिलको राजकुमारलाई सम्झेको रमाइलो पललाई निर्देशक बिक्रम चौहानले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।
कमल सौरागको एरेन्ज रहेको गीतको कोरियोग्राफी निर्देशक स्वयमको हो । लक्ष्मण चौहानको सम्पादन रहेको भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् ।
भिडियो हेर्नुहोस्