खेतमा जमेको पानीमा देखिएको घरको प्रतिबिम्ब

मेचीकाली संवाददाता

१६ श्रावण २०७८, शनिबार
1156 shares

खेतमा प्रतिबिम्ब
घरछेउको खेतमा जमेको पानीमा देखिएको घरको प्रतिबिम्ब । रुपन्देहीको सैनामैना नगरपालिका–२, रानीबगीयास्थित विद्यालय टोलमा घर छेउको खेतमा देखिएका घर । तराईका विभिन्न ठाउँमा पानीको उपयुक्त निकासको व्यवस्था नै नगरिकन जथाभावी प्लटिङ र घर निर्माण गरिएका छन् । यसले वर्षातमा धेरै बस्तीमा बाढी पस्ने र आवागमनको समस्या भएका गुनासा आएका छन् । देख्दा सुन्दर देखिने यस्ता धेरै ठाउँमा पानीको निकास नहुँदा समस्या पनि उत्पन्न हुने गरेको छ । तस्बिरः अमृत गिरी/मेचीकाली