विभिन्न पार्टी परित्याग गरि सयौं कार्यकर्ता एमालेमा प्रवेश

मेचीकाली संवाददाता

१७ श्रावण २०७८, आईतवार
597 shares

कपिलवस्तु, साउन १७ । कपिलवस्तुमा विभिन्न पार्टी परित्याग गरी सयौं बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । जिल्लाको मायादेवी गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी ३ सय बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेको नेकपा (एमाले) कपिलवस्तुले जनाएको छ ।

लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य लिला गिरीले शनिबार एक कार्यक्रममा बीच टिका तथा अविरले एमालेमा स्वागत गरेका हुन । पार्टी प्रवेश गर्नेमा तत्कालिन लोकतन्त्रिक फोरमवाट गाउँपालिका अध्यक्षमा चुनाव लड्ेका हलिम मुसलमान, जमिल मुसलमान, करिम मुसलमान र अख्तर मुसलमान रहेका छन् ।

नवप्रबेशीलाई स्वागत गर्दै पूर्वमन्त्री गिरीले एमालेलाई अदालतले सत्तावाट वाहिर ल्याएकाले अवको चुनावमा फेरी जनमतबाटै सत्तामा पुग्ने दावी गरे । एमालेका लागि आगामी चुनाव सत्तामा पुर्नवहाली हुने माध्यमसंगै पार्टीका लागि ठूलो प्राण समेत बनेको बताए । यस्तै एमालेका केन्द्रीय नेता एवं राष्ट्रिय सभा सदस्य विमला घिमिरेले अवको स्थानीय चुनावमा एमालेले मायादेवि गाउपालिका जित्ने आधार बनेको भन्दै थप प्रगतीका लागि अहोरात्र खट्न पार्टी कार्यकर्तालाई आग्रह गरिन ।

एमालेका प्रदेश नेता एवम संविधान सभा सदस्य बलराम अधिकारीले वर्षाैदेखि नागरिकता नपाएका मधेसीहरुलाई नागरिकता र भूमिहिनलाई भूमि दिलाउन एमालेले जुनसुकै अवस्थामा पनि डटेर लाग्ने वताए । प्रदेश सांसद एवं एमालका यूवा नेता विष्णु पन्थीले अव मधेसको कायापलट एमालेले मात्र गर्न सक्ने बताए । पार्टी जिल्ला अध्यक्ष झविलाल पोख्रेलले एमालेको कामवाट अत्तालिएर देशी विदेशी शक्ति र अदालतको सेटिङमा एमालेलाई सत्तावाट हटाएपछि जनताका बीचमा आएको दावी गरे ।