‘लागुऔषध दुरुपयोग सबैको साझा समस्या’

मेचीकाली संवाददाता

१७ श्रावण २०७८, आईतवार
932 shares

बुटवल, साउन १७ । लागुऔषध दुरुपयोगबाट जोगिन घर परिवारबाटै सचेतनाका कार्यक्रम गर्नुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । रोटरी क्लब अफ तिनाउ बुटवलले शनिबार रुपन्देहीको कोटहीमाई गाउपालिकामा रहेको आदर्श माध्यमिक बिद्यालयमा आयोजना गरेको लागु औषध दुरुपयोग सचेतना कार्यक्रममा बोल्दै उनीहरुले घरपरिवार, समाज र बिद्यालयलमा पनि यस्ता बिषयमा सचेतनामुलक कार्यक्रम गर्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा प्रशिक्षण दिदै इलाका प्रहरी कार्यलयका मझगावा प्रहरी प्रमुख सुरज खत्रीले लागु पदार्थ दुव्र्यसनबाट हुने बेफाइदा र यसबाट बच्ने उपाएका बारेमा जानकारी गराएका थिए । खत्रीले शरीर तथा मस्तिष्कलाई नै लठ्ठ बनाउने नशालु पदार्र्थ सेवन गर्दा मानव मन नै निष्कृ्रय हुने बताए । उनले भने, ‘प्रहरी कारबाहीले मात्रै लागुपदार्थ दुव्र्यसनको अहिलेको अवस्था सुधार हुन सक्दैन ।’

कोटहीमाई गाउपालिकामा लागु औषधको ओसारपसार वा सेवनका घटना नभेटिएको उनी बताउँछन् । नेपालका १५ बर्ष देखि २४ बर्ष सम्मका मानिसहरु बढी दुव्र्यसनमा फसेको खत्रीले बताए । घर परिवारका आफना सदस्यको आनीबानीमा परिवारका सदस्य सबैले ख्याल गर्न सके दुव्र्यसनबाट बचाउन सकिने उनको सुझाव छ ।

कार्यक्रममा बोल्दै कोटहीमाई गाउपालिकाका अध्यक्ष चन्द्रभुषण यादबले गाउपालिकाले युवा पुस्तालाई शिक्षित र रोजगारमुलक बनाउने कार्यक्रम सञ्चालन गरेको बताए । ‘यदि युवाहरुलाई केही समस्या परेको छ भने म सहयोग गर्न सक्छु’ उनले भने । कार्यक्रम माथी प्रकाश पार्दे क्लबका निबर्तमान अध्यक्ष कार्यक्रम संयोजक ज्ञानधरा पन्थले रुपन्देहीको पछाडी पारिएको समुदायका किशोर किशोरी सामु यस्ता कार्यक्रम लैजान आवश्यकता देखेर कोटहीमाईमा कार्यक्रम आयोजना गरिएको बताइन् ।

पन्थले दुव्र्यसनमा फसीसकेपछि भन्दा पनि फस्न नदिनका लागी आ आफनो स्थानबाट सबैले सचेतनामुलक कार्यक्रम गर्न जरुरी रहेको बताइन् । क्लबका अध्यक्ष प्रतिमा भुसालले आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमलाई निरन्तर रुपमा गर्दै जाने बताइन् । सहभागीको तर्फबाट बोल्दै कोटहीमाई वडा नम्बर ४ का किशोर मनोज कुमार यादबले सिमा क्षेत्रबाट लागु औषध पदार्थ ओसारपसार हुन सक्ने भन्दै प्रहरी निगरानी बढाउन आग्रह गरे । अहिले यहाँ जसको सवाल उसैको नेतृत्व नारा लिएर किशोर किशोरी सञ्जाल नै गठन गरेर बाल बिवाह,दाइजो प्रथा, लैङ्गिक हिंसा, लगायतका बिषयमा आवाज उठाउदै आएका छन ।

रोटरी District 3292 Nepal Bhutan को District Grant बाट प्राप्त सहयोगमा १३ बर्षदेखि १८ वर्ष समूहका किशोर किशोरीलाई सहजीकरण कार्यक्रमको आयोजना गरिएको हो । सो क्षेत्रका किशोर किशोरी, क्लबका पदाधिकारी, सदस्य, सरोकारवाला सहभागी कार्यक्रममा गाउपालिका उपाध्यक्ष भानुमती बाँनिया, ओरेक नेपालमा कार्यरत धनकुमारी चौधरी, इलेक्ट प्रसिडेण्ड कल्पना तिवारी, सचिव साबित्रा घिमिरे लागायतले बोल्दै लागुपदार्थ सेवनको समस्या आम नागरिको साझा समस्या भएकाले सबै मिलेर र सचेतनाका कार्यक्रम गर्नुपर्ने बताएका थिए ।