सांसद विमला वलीको विज्ञप्तिः म एमालेमै छु

मेचीकाली संवाददाता

१८ श्रावण २०७८, सोमबार
816 shares

बुटवल, साउन १८ । केही दिनयता सम्पर्कविहीन भएकी भनिएकी दाङबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी वली खत्रीले आफू एमालेमा रहेको भन्दै विज्ञप्ति निकालेकी छन् ।

उनले निकालेको विज्ञप्तिमा लेखिएको छ, ‘मैले सूर्य चिह्नबाट चुनाव जितेको र अहिले सूर्य चिह्न एमालेको रहेकाले एमाले छाडेर माओवादी रोज्ने कुरा पनि कानूनी रूपमा ठीक नभएकाले एमालेमै रहेको स्पष्ट पार्दछु ।’