

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै माथिबाट खसेको ढुङ्गासहितको पहिरोमा जीप पुरिँदा सहचालकको मृत्यु भएको छ ।
पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु २ च ७३८७ नंको पिकअप जीपमा सोमबार राति माथिबाट एक्कासि खसेको ढुङ्गाले लागेर सहचालक स्याङ्जा वालिङ नगरपालिका–११ बस्ने २३ वर्षीय आशिष खाँणको मृत्यु भएको हो ।
घाइते सहचालक खाँणलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकामा अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए । जीप चालक चापाकोट नगरपालिका–५ बस्ने डिलु थापा घाइते भएका छन । प्रहरीका अनुसार उनको अवस्था सामान्य रहेको बुझिएको छ ।