लुम्बिनी प्रदेशः मुख्यमन्त्री पोखरेल विरुद्ध फेरि अश्विासको प्रस्ताव दर्ता

मेचीकाली संवाददाता

१९ श्रावण २०७८, मंगलवार
796 shares

बुटवल, साउन १९ । लुम्बिनी प्रदेशसभाको विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध पुन मंगलबार अविश्वासको प्रस्ताव दर्ता गरेको छ । यो पोखरेल विरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता गराएको तेस्रो अविश्वासको प्रस्ताव हो ।

प्रदेशसभा सचिवालयका सचिव दुर्लवकुमार पुन मगरले ३ बजेर ४५ मिनेट जाँदा पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको जानकारी दिए । माओवादी केन्द्रका कूल प्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको सचिव पुनले मेचीकालीलाई जानकारी दिए । ३४ सांसदको हस्ताक्षण सहित अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।

मुख्यमन्त्री पोखरेल विरुद्ध विपक्षीहरुले वैशाख ६ गते पहिलो पटक अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । भने दास्रो पटक बैशाख २६ गते पुनःअविश्वासको प्रस्ताव दर्ता गराएका थिए । मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुदिन खानले मेचीकालीलाई जानकारी दिए । सोमबार गठबन्धनले प्रदेश प्रमुखलाई संविधानको १६८ ९२० अनुसार मिलिजुली नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन निवेदन पेश गरेका थिए ।

गएको वैशाख १९ गते राजीनामा दिएर पुनः सपथ लिएपछि लुम्बिनीको सत्ता राजनीति उतथपुथल हुँदै आएको छ । सत्तारुढ एमाले नेतृत्वको सरकार अहिले अल्पमतमा छन् ।