निर्वाचन आयोगले खारेज गर्‍यो ४१ वटा पार्टी (सूचीसहित)

मेचीकाली संवाददाता

१९ श्रावण २०७८, मंगलवार
507 shares

काठमाडौं । निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलहरूको दर्ता खारेज गरेको छ । मंगलबार सूचना जारी गर्दै आयोगले तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन समयभित्रै नबुझाउने ४१ राजनीतिक दलहरूको दर्ता खारेज गरेको जानकारी दिएको हो ।

आयोगले बुधबारदेखि लागु हुने गरी ती राजनीतिक दलहरूको दर्ता खारेज गरेको हो । अहिले खारेज भएका दलका नाम, झण्डा, चिन्ह एक वर्षसम्म अन्य कुनै दलले प्रयोग गर्न नपाउने आयोगले निर्णय गरेको छ ।

‘दलहरूले आफ्नो आय र व्ययको वास्तविक हिसाबकिताब देखिने गरी लेखा परीक्षण गर्पुपर्ने र आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र आफ्नो आय र व्ययको लेखा परीक्षण कानुनबमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा पेश गर्नुपर्ने व्यवस्था छ,’ आयोगले भनेको छ ।

साथै खारेज भएका राजनीतिक दलका केन्द्रीय पदाधिकारी र सदस्यहरूलाई ५० हजार जरिवाना तिराउने निर्णय गरेको छ । ४१ दलहरू खारेज भएसँगै अहिले निर्वाचन आयोगमा ९५ वटा दलहरू बाँकी छन् ।
हेर्नुस् सूचीः