राजु परियारको नयाँ गीत ‘दसैं आयो’ सार्वजनिक (भिडियो)

मेचीकाली संवाददाता

६ आश्विन २०७९, बिहीबार
360 shares

काठमाडौं । दसैं नजिकिँदै जादा गाउँ घरमा गीतको गुञ्जायमान आवाज सुन्न थालिएको छ। असोज महिना लागेसँगै नेपालीहरूमा दसैंको हर्ष उल्लास बढ्न थालेको छ।

दसैं तिहारको माहोललाई थप रोमाञ्चक बनाउन बर्सेनी दसैं तिहारको गीत आउने गर्छ। यस वर्षको दसैं तिहारको माहोल तताउन गायक राजु परियार, दिलसिङ मगर, राजु ढकाल, तेजु मगर, ईश्वर सिंह, सपना परियार र रोश्मी सोतीको स्वरमा ‘दसैं आयो’ बोलको गीत बजारमा आएको छ।

दसैंको माहोलमा सहर बजारमा बस्ने व्यक्तिहरू दसैं मनाउन गाउँ घर जाने, पिङ खेल्ने रमाइलो गर्न कुरालाई अत्यन्त मिठो शब्दमा हिरन थापा मगरले लेखेका छन्। गीतमा दिलसिंह मगरको संगीत रहेको छ भने एरेञ्ज डोलराज बाह्रघरेले गरेका हुन्।

गीतको कथा वस्तुलाई अझ प्रभावकारी बनाउन गायक तथा मोडल राजु ढकाल, सुमन थापा, वीरेन्द्र मोडल आयुष्मा कार्की र मनिषा मगरले जिवन्त अभिनय गरेका छन्।

हेर्नुहोस् भिडियो