बिर्तामोडदेखि पोखरासम्म कर्न्सट गर्दै ‘बाबरी’ टिम

मेचीकाली संवाददाता

६ आश्विन २०७९, बिहीबार
333 shares

बुटवल । आगामी असोज १४ गतेबाट प्रदर्शन हुने फिल्म बाबरीको टिम मोफसल टुरमा निस्कने भएका छन्। निर्देशक सुरेन्द्र पौडेलले असोज ५ गते बिर्तामोडबाट सुरु गरिने मोफसल टुर देशका ६ ठूला सहरमा आयोजना गरिने बताएका हुन्।

असोज ६ गते इटहरी, ७ गते नारायणगढ, ८ गते बुटवल र ९ गते पोखरामा कर्न्सट आयोजना गरिनेछ। यस्तै ९ गतेदेखि १२ गतेसम्म काठमाडौंका विभिन्न ठाउँमा सांगीतिक कन्सर्टको आयोजना गर्दै फिल्मको प्रचार गरिने निर्माण टिमले जानकारी दिएको छ।

त्रिकोणात्मक प्रेमककथामा आधारित फिल्ममा अदिति बुढाथोकी, धिरज मगर, धिरज नाडकर, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दिलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायत कलाकारको अभिनय छ। यो फिल्मको कथा किशोर नेपालले तयार पारेका हुन्।

फिल्ममा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीको लगानी रहेको छ। नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निर्देशक पौडेलले नै सम्पादन गरेका हुन्।