विपन्न वर्गका एकल महिलाहरुलाई राहत वितरण

मेचीकाली संवाददाता

१९ श्रावण २०७८, मंगलवार
661 shares

पार्बती आचार्य
कपिलवस्तु, साउन १९ । बाणगंगा नगरपालिका अन्र्तगतका बिपन्न वर्गका एकल महिलाहरुलाइ राहत वितरण गरिएको छ । मानव अधिकारका लागि महिला एकल महिला समूहको समन्वय तथा मानव अधिकारका लागि महिला एकल महिला समूह केन्द्रको सहयोगमा नगर भित्रका विपन्न ९ जना एकल महिलाहरुलाई राहत वितरण गरिएको हो ।

कोरोनाको दोश्रो लहरबाट दैनिकी चलाउन गाह्रो भएका विपन्न एकल महिलाहरुलाई थोरै भएपनि सहयोग होस भन्ने उद्देश्यले सोना सहयोग गरिएको मानव अधिकारका लागि महिला एकल महिला समूहका जिल्ला अध्यक्ष रुपा राई गुरुङले बताईन् । राहतमा प्रति व्यक्ती ११ किलो चामल, २ लिटर तेल र २ किलो दाल वितरण गरिएको संस्थाका सचिव शोभा आचार्यले जानकारी दिईन् ।

यस्तै राहत वितरण कार्यक्रममा सिद्धार्थ सामाजिक बिकास केन्द्रका उपाध्यक्ष सुर्य कुमारी शाहीले मानव अधिकारका लागि एकल महिला समुहले बिपन्न महिलाहरुलाई सहयोग गरेकोमा धन्यवाद दिईन् । देख्दा सहयोग थोरै देखिए पनि बिपन्नहरुका लागि त्यसको महत्व धेरै हुने भएको हुँदा यस संस्थाले आगामी दिनहरुमा समेत यस्ता कार्यहरुलाई निरन्तरता दिन आबश्यक भएको बताईन् ।

यस्तै राहत बुझ्दै सिता थारु र रत्ना गुरुङ्ले हामी बिपन्न एकल महिलाहरुलाई राहत सहयोग गरेकोमा एकल महिला समुहको संस्थालाई धन्यवाद दिएका छन् । कोरोनाको दोश्रो लहरबाट साँझ बिहानको समस्यालाई टार्न धौ धौ भएको समयमा उक्त राहत आफुहरुका लागि ठुलो भएको बताए । सो कार्यक्रममा संस्थाका कोषाध्यक्ष राधा बेल्बासे, सदस्य रमा श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।