कोरोना संक्रमणबाट प्रहरी नायव निरीक्षकको मृत्यु

मेचीकाली संवाददाता

२० श्रावण २०७८, बुधबार
443 shares

कपिलवस्तु, साउन २० । कोरोना संक्रमणबाट कपिलवस्तुमा प्रहरी नायव निरीक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा कार्यारत कपिलवस्तुको बाणगंगा नगरपालिका–९ भलवाडका ४५ वर्षिय शिव रायमाझी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए ।

रायमाझीलाई साउन १५ गते पिसीआर रिपोर्ट पोजेटिभ आएपछि उपचारका लागि नेपाल प्रहरी हस्पिटल काठमाडांै पु¥याइएको थियो । उपचारका क्रममा मंगलबार हस्पिटलमा मृत्यु भएको प्रहरी नायव उपरिक्षक भण्डारीले बताए । रायमाझीले कार्यालयमा आएका ठाडो उजुरी हेर्ने काम गर्दै आएका थिए । कोरोना संक्रमणका कारण जिल्लामा ज्यान गुमाउनेको संख्या १ सय ९७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।