लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनविरुद्धको रिट न्यायाधीश भट्टराईको इजलासमा

मेचीकाली संवाददाता

२७ श्रावण २०७८, बुधबार
718 shares

बुटवल । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध परेको रिटमाथिको सुनुवाइ न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा परेको छ। लुम्बिनी प्रदेश सभा सदस्य लिला गिरीले विशेष अधिवेशन आह्वान रोक्न माग गर्दै रिट निवेदन दायर गरेका थिए।

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज हुँदै

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी दलले अविश्वास प्रस्ताव दर्ता गर्दै प्रदेश प्रमुख अमिक शेरचन समक्ष विशेष अधिवेशनको माग गरेका थिए। आज १ बजे अधिवेशन बस्दै छ।

अधिवेशनमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावबारे छलफल हुने छ। उक्त रिटको सुनुवाइका लागि मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा पेसी तोकिएको भए पनि मंगलबार ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो।