स्वास्थ्य मन्त्री पन्थीलाई स्वागत तथा सम्मान

मेचीकाली संवाददाता

९ फाल्गुन २०७९, मंगलवार
467 shares

बसन्ती आचार्य

कपिलवस्तु । उद्योग ब्यापार संघ कपिलवस्तुले भर्खरै मात्र लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रीको पदभार ग्रहण गरेका माननीय बिष्णु पन्थीलाई स्वागत तथा सम्मान गरेको छ । संघले एक कार्यक्रमको आयोजना गरी आफ्नै कार्यलयमा स्वागत तथा सम्मान गरेको संघका अध्यक्ष खिमानन्द पौडेल (कोपिल)ले जानकारी दिनु भयो ।

कार्यक्रममा उद्योग ब्यापार संघ कपिलवस्तुका संरक्षक तथा नेपाल उद्योग ब्यापार महासंघका केन्द्रिय सचिबालय सदस्य टोपनाराय बेल्बासेले समग्र आर्थिक अबस्था , सामाजिक मनोबिज्ञान बुझ्नु भएका बिष्णु पन्थीलाई स्वास्थ्य मन्त्रीको रुपमा पाउँदा अब केही परिवर्तन हुन्छ भन्ने आसा पलायको बताउनुभयो । उहाँले समग्र उद्योगि ब्याबसायीले बर्तमानमा भोग्नु परेका समस्याहरु समाधान गर्न आबस्यक पहल हुनेछ भन्ने बिस्वास ब्यक्त गर्नु भयो ।

उद्योग ब्यापार संघ कपिलवस्तुले गरेको स्वागत तथा संमानले आफुलाइ थप जिम्मेवार बनायको उल्लेख गर्दै स्वास्थ्य मन्त्रीले अगाडि भन्नू भयो , आफू सदैब यहि क्षेत्रको बिकासको लागि लागिरहेको र अब केही गरेर देखाउने ठाउमा पुगेको बताउनु भयो । समग्र कपिलवस्तुको लागि महत्व बोक्ने गौरवका आयोजनामा आफ्नो ध्यान केन्द्रित भयेको बताउदै आफू सदैब हरेक सामाजिक क्रियाकलापमा साथ सहयोग र सहकार्य गर्न तयार रहेको बताउनु भयो । यसैगरी काम गर्ने सिलसिलामा कहि कतै कमजोरी भए झकझकाउन , आलोचना गर्न , समाज रुपान्तरणमा सदैब सकारात्मक सुझाव सल्लाहको अपेक्षा गरेको बताउनु भयो ।

संघका अध्यक्ष खिमानन्द पौडेलले मन्त्रीको ब्यस्त समयका बाबजुद पनि उद्योग ब्यापार संघ कपिलवस्तुलाई समय दियकोमा हार्दिक धन्यवाद ब्यक्त गर्दै कार्यकाल सफल , उदाहरणिय एबम अनुकरणिय होस भन्ने शुभकामना दिनु भएको थियो । साथै सस्थाले उहाबाट गरेका अपेक्षा सहित आफुहरुलाइ हरेक सामाजिक कृयाकलापका लागि परिचालन गर्न आग्रह सहित सदैब सहयोग एबम सहकार्यको प्रतिबद्धता ब्यक्त गर्नु भयेको थियो ।

कार्यक्रम संघका अध्यक्ष पौडेलको अध्यक्षता संघका निबर्तमान अध्यक्ष एबम नेपाल उद्योग ब्यापार महासङ्घका केन्द्रिय सदस्य हुमनाथ पौडेलले स्वागत तथा महासचिव बासुदेब खनालको संचालनमा सम्पन्न भएको थियो ।