मदन जयन्तीमा युवा संघ रुपन्देहीद्धारा बृक्षरोपण

मेचीकाली संवाददाता

१५ असार २०८१, शुक्रबार
136 shares

बुटवल । राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटीले ७३औँ मदन जयन्तीको अबसरमा देबदह नगरपालिका वडा न १० चरंगेमा बृक्षरोपण कार्यक्रम सम्पन्न्न गरेको छ ।
संगठनले मदन जयन्तीको अबसरमा बिगतका बर्षमा जस्तै यो बर्ष पनि बृक्षारोपण कार्यक्रम गरिएको राष्ट्रिय युवा सघ नेपाल रुपन्देही जिल्ला कमिटी अध्यक्ष बिकास बस्नेतले बताए । उनले बताबरण अनुकुल बिभिन्न प्रजातीका करिब दुई सय भन्दा बढि फलफुलका बिरुवाहरु रोपीएको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय युवा सघं नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेबेले मदन भण्डारी नेपाली कम्युनिष्ठ आन्दोलना साहाशि र निडर व्यक्त रहेको बताउनुभयो । उहांको अथक मेहनतले नेकपा एमाले अहिले देशको प्रमुख शक्तिको रुपमा स्थपित भएको बताए ।

मदन भण्डारी जिबित नै रहेको भए अहिले देशले काचुलि फेर्ने उनको भनाई थियो । साथै उनले राष्ट्रिय युवा नेपाल आन्दोलमा मात्र नभएर सामजिक क्षेत्रमा उल्लेखनिय काम गर्छ भन्ने उदाहरण रुपन्देही जिल्लाले दिएको बताए ।

कार्यक्रममा नेकपा एमाले रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरे, युवासंघ केन्द्रिय महासचिव सुमन पुरि, नेकपा एमाले प्रदेश कमिटी सदस्य धुर्व खरेल, नेकपा एमाले रुपन्देही जिल्ला कमिटी उपमहासचिव चित्र कार्की युवा संघ नेपालका स्थाई कमिटि सदस्य केशब रोका, केन्द्रीय सदस्य बुद्धि थापा, मनोज गौचन, कल्पना पाण्डे मगर, नेकपा एमाले रुपन्देही जिल्ला कमिटी सदस्य नकुल शाही ठकुरी केन्द्रिय बिज्ञ उप प्रमुख दिनानाथ भटराई, नेकपा एमाले नगर कमिटी अध्यक्ष किसान ज्ञवाली लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम जिल्ला अध्यक्ष बिकास बस्नेतको अध्यक्षयता तथा सचिब दिपेश कंडेलको सन्चालनमा सम्पन्न भएको थियो ।