

बुटवल । बुटवल–१२ तामनगरस्थित प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको विस्तारित बैठक सम्पन्न भएको छ । आर्थिक वर्ष समापन हुनै लाग्दा प्रत्येक वर्ष आयोजना गरिने पुर्ण बैठक ९ घण्टासम्म चलेको थियो।
बैठकमा सस्थाका अध्यक्ष भिम बहादुर थापाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यप्रगती प्रतिवेदन तथा आर्थिक वर्ष २०८१/८२ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कोषाध्यक्ष मोहन शर्मा पाण्डेले अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए । आयव्यय प्रतिवेदन, लेखा सुपरिवेक्षण प्रतिवेदन, ऋण लगानी तथा असुली प्रतिवेदन, धितो मुल्यांकन प्रतिवेदन, महिला विकास प्रतिवेदन, शिक्षा प्रतिवेदन लगायतका प्रतिवेदनहरु छलफल पश्चात् पारित गरिएको छ ।
अध्यक्ष थापाले प्रस्तुत गरेको निति तथा कार्यक्रम र बजेट माथी समुहगत छलफल गर्दै विभिन्न विचार र सुझावलाई संश्लेषण गर्दै निर्णयमा पुगेको जानकारी सचीव प्रकाशमणि खनालले दिए । बैठकमा सल्लाहकारहरु र लेखा समिति पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
चालू आर्थिक वर्षको समिक्षा गर्दै नयाँ आर्थिक वर्षकोको लागि स्पष्ट निति तथा योजना तर्जुमा गर्न आयोजना गरिएको पुर्ण बैठक उपाध्यक्ष इश्वरी प्रसाद रेग्मीको स्वागत तथा सदस्य तिर्थराज काफ्लेको सञ्चालनमा सम्पन्न भएको संस्थाका सञ्चालक सदस्य झबिन्द्र आचार्यले जानकारी दिए ।