नेपाल आदर्श मावि गण्डकी प्रदेशमै उत्कृष्ट

मेचीकाली संवाददाता

१६ श्रावण २०८१, बुधबार
206 shares

मुक्ति न्यौपाने

वालिङ ।स्याङ्जाको वालिङमा सञ्चालित संस्थागत विद्यालय नेपाल आदर्श माध्यमिक विद्यालय गण्डकी प्रदेशको उत्कृष्ट शैक्षिक संस्थाको रूपमा ‘उत्कृष्ट शैक्षिक संस्था को रूपमा सम्मान २०८१’ प्रदान गरिएको छ ।

चन्द्रलोक प्रतिष्ठान काठमाडौंले मंगलवार एक समारोहका बीच ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१’ बाट पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र पुर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य अर्जुन नरसिंह केसीले संयुक्तरुपमा नेपाल आदर्श माध्यमिक विद्यालय वालिङका प्रिन्सिपल होमकान्त गौतमलाई सो उपाधी हस्तान्तरण गरेका हुन ।

विगत लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको, प्रविधिमैत्री प्रतिस्पर्धा र क्षमतावान शैक्षिक जनशक्ति उत्पादनमा संस्थाले अतुलनीय योगदान पुर्‍याएवापत नेपाल आदर्श माध्यमिक विद्यालयलाई गण्डकी प्रदेशकै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१’ बाट सम्मानित गरिएको चन्द्रलोक प्रतिष्ठान काठमाण्डौले जनाएको छ ।

गण्डकी प्रदेशस्तरमा उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित तथा सम्मानित विद्यालय निजि क्षेत्रवाट सन्चालन गरिएको शैक्षिक संस्था हो । २०५४ सालमा स्थापना गरिएको उक्त शैक्षिक संस्थाले उच्च माध्यमिक तहमा विज्ञान, शिक्षा शास्त्र, होटल मेनेजमेन्ट, व्यवस्थापन संकाय सन्चालन गर्दै दक्ष जनशक्ति उत्पादन गर्दे आइरहेको छ ।

सो बिद्यालयमा २१ सय विद्यार्थी रहेका छन भने १ सय ५० शिक्षण पेशामा आबद्ध शिक्षकहरु रहेका छन् ।