बुटवल । शुक्रबार प्रकाशित कक्षा १२ को नतिजामा बुटवलको न्यू होराईजन ईङलिस बोर्डिङका विज्ञानराज अर्याल विज्ञान सङ्कायबाट नेपाल प्रथम भएको विद्यालयले दाबी गरेको छ ।
विद्यालयका प्लस टु व्यवस्थापन सङ्काय संयोजक प्रकाश खनालका अनुसार विज्ञान सङ्कायबाट अर्यालले ३.९६ जीपीए ल्याएका छन् ।
विद्यालयबाट कक्षा १२ को परीक्षामा सहभागी ४०५ जन विद्यार्थीहरू मध्ये ८९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको खनालले जानकारी दिए । विद्यालयका अनुसार ३.६ जीपीए भन्दा माथि ल्याउने ५६ जना, ३.२ भन्दा माथि ल्याउने १३८ जना, २.८ भन्दा माथि ल्याउने १२० रहेका छन् । होराइजन देशकै अब्बल संस्थागत विद्यालय हो ।