क्षितिज इन्टरनेशनल कलेजमा एमबीएको पढाई

मेचीकाली संवाददाता

१९ श्रावण २०८१, शनिबार
543 shares

बुटवल । बुटवलको क्षितिज इन्टरनेशनल केलेजमा एमबीएको पढाई हुने भएको छ । यस अघि बिबिए, बिबिए–बीआई अध्यापन गराउँदै आएको कलेजमा चालु शैक्षिक सत्रबाट माष्टर अफ बिजनेशन एड्मिष्टेशनको पढाई सुरु गर्न लागेको । पोखरा विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरी नयाँ कार्यक्रमको सुरुवात गरिएको हो ।

शनिबार तिलोत्तममा एक कार्यक्रमको आयोजना गरी कलेजको नयाँ कार्यक्रम सुरुवात गरिएको हो । पोखरा विश्वविद्यालयका एमबीए कार्यक्रमका पाठ्क्रम विकास संयोजक तथा एमबीए कार्यक्रम संयोजक प्रोफेसर प्रा.डा. महानान्द चालिसेले एमबीए कार्यक्रमको शुरुवात गरेका हुन ।

कार्यक्रममा बोल्दै प्रा.डा चालिसेले संसारलाई परिर्वतन गर्न चाहनेहरुको लागि एमबीए कार्यक्रम आफैमा ओझपूर्ण विषय भएको बताएका थिए । अहिले पनि नेपालमा कुल शिक्षाको ४८ प्रतिशत भन्दा बढी व्यवस्थापन शिक्षा हासिल गरेका व्याक्तिहरुको योगदान रहेको भन्दै उनले एमबीएको पढाईका लागि काठमाण्डौ वा अन्य देशमा जानुपर्ने बाध्ययताको अन्त्य भएको बताए ।

कार्यक्रममा नेपाल चेम्बर अर्फ कर्मस लुम्बिनी प्रदेशका अध्यक्ष जेपी कण्डेलले नेपालबाट विदेश अध्यायनको लागि जाने परिपाटीको विकासको लागि सरकारको ठुलो कमीकमजोरी रहेको बताएका थिए । उनले यसको लागि स्वदेशमा ने उद्यमशिलता विकासका कार्यक्रम, सोही अनुसारको पाठ्क्रममा अध्ययन अध्यापन गर्नुपर्नेमा जोड दिए ।

यस्तै होराईजन जीविएसका अध्यक्ष ज्ञानेन्द्र कसजुले न्युहोराईजन आफैमा देशको शशक्त ब्रान्डको रुपमा विकास भैरहेको बताउँदै ईन्जीनियरिङ्ग कलेजको समेत अवधरणामा अगाडी बढिसकेको समयमा नेपाल सरकारबाट सम्बन्धन नदिँदा अफ्ठारो भएको बताए । न्यु होराईजन स्कूलका प्राचार्य लोकनाथ उपाध्यायले नेपालको शिक्षा प्रणाली विकास नहुनुमा विश्वविद्यालयसंगै नेपाल सरकारको मुख्य दोषी भएको बताए ।

कार्यक्रममा प्रडुयन्सीयल ईन्सुरेन्सका प्रदेश प्रमुख धुब्र कोईराला, एमबीएका विद्यार्थी आकृति बज्राचार्य, मणिमुकुन्द कलेजका प्राचार्य टुक बहादुर क्षेत्री लगायतले बोल्दै एमबीए कार्यक्रमको पूर्ण सफलताको कामना गरेका थिए ।

क्षितिज इन्टरनेशनल कलेजका प्राचार्य डा. सुर्य रानाले सन् २००९ बाट बिबिए कार्यक्रम सुरुवात गरेको कलेजमले २०१३ मा बिबिए–बीआई समेत सञ्चालन गर्दै आएको जानकारी दिए । यसै शैक्षिक सत्र बाट एमबीए को अध्यापन सुरुवात गरिएको बताउँदै प्राचार्य रानाले विद्यार्थीहरुको लागि यो सुर्वण अवसर रहेको बताएका थिए । कार्यक्रममा क्षिजीज ईन्टरनेशनल कलेजका अध्यक्ष रामेश्वर श्रेष्ठको अध्यक्षता तथा प्रध्यापक राजेन्द्र लम्सालको सञ्चालनमा भएको हो ।