निस्ठाको १५ औं वार्षिक साधारण सभा सम्पन्न

मेचीकाली संवाददाता

१५ भाद्र २०८१, शनिबार
141 shares

 

 तुलसीराम पौडेल —

  सियारी, भाद्र ८ 

रुपन्देहीको सियारी गाउँपालिका -५ दुर्गापुर स्थित निस्ठा बचत तथा ॠण सहकारी संस्थाको १५ औ वार्षिक साधारण सभा  सम्पन्न भयो। सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेले साधारण सभाको उदघाटन गर्नुभएको थियोे । सो अवसरमा बोल्दै पालिका अध्यक्ष घिमिरेले सहकारीले उत्पादन मुखी कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनु भयो । 

साधारण सभाले आर्थिक वर्ष २०८०/०८१  को २४ करोड ५७ लाख ३१ हजार १४१ रुपैयाँ ८६ पैसा बराबरको आय व्यय पारीत गरेको छ। सहकारीले  आर्थिक वर्ष ८०/८१ मा ७४ लाख ५ हजार ७ सय ९० रुपैयाँ ४ पैसा विशुद्ध नाफा गरेको छ।

सहकारीका अध्यक्ष लालबहादुर बस्नेतको अध्यक्षता, सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सहकारीका अध्यक्ष लालबहादुर बस्नेतको अध्यक्ष प्रतिवेदन प्रस्तुत र लेखा समिती संयोजक लोक शर्मा बस्यालको लेखा प्रतिवेदन प्रस्तुत रहेकोे थियो ।

कार्यक्रममा नेपाल बचत तथा ॠण केन्द्रीय सहकारी संघका केन्द्रिय संचालक एवं लुम्बिनी प्रदेश संयोजक सदस्य ज्ञानु पौडेल ,लुम्बिनी बचत तथा ॠण सहकारीका अध्यक्ष कृष्ण प्रसाद नेपाल ,रुपन्देही बचत तथा ॠण सहकारी संघका  अध्यक्ष बसन्त प्रसाद ढकाल ,सियारी वाड नम्बर ५ का वडा अध्यक्ष धनपती खरेल ,नागरिक बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष राजकुमार घिमिरे ,साना किसान कृषि सहकारी संघका अध्यक्ष सुमन खरेल, संचय बचत तथा ॠण सहकारी संघका अध्यक्ष भागिरथ पाण्डेय ,साइन रेसुङ्गा दयानगर शाखाका प्रबन्धक राजु शर्मा ,संस्थापक इन्द्र प्रसाद तिवारी लगायतले शुभकामना मन्तव्य दिनु भएको थियोे ।

 संस्थाका संचालक समिति सदस्य ज्ञान कुमारी खड्काको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन सहकारीका व्यबस्थापक प्रेमबहादुर गोदारले गर्नुभएको थियोे ।