नेपाल निर्माण उद्योग परिषद् लुम्बिनीको पदस्थापन

मेचीकाली संवाददाता

३१ भाद्र २०८१, सोमबार
82 shares

बुटवल । नेकपा एमालेको भातृ संगठन नेपाल निर्माण उद्योग परिषद् लुम्बिनी प्रदेश कमिटीको पदस्थापन भएको छ । यही भदौ ९ गते भएको अधिवेशनबाट नारायण भुसालको नयाँ नेतृत्व चयन भएको थियो । आइतबार नेकपा एमालेका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री भूमिश्वर ढकालको प्रमुख आतिथ्यतामा नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री ढकालले भौतिक विकास र निर्माणको क्षेत्रमा प्रदेश सरकारले काम गर्ने बताए । उनले देश विकासको उद्योग परिषद्को ठूलो भूमिका रहेको चर्चा गरे । त्यस्तै कार्यक्रममा नेपाल निमाण उद्योग परिसष्का केन्द्रीय अध्यक्ष बलिभद्र रानाले आफ्नो कामसहित पार्टीको संगठन बनाउन लाग्नुपर्ने बताए । उनले आउँदो निर्वाचनमा पार्टीलाई पहिलो शक्तिसहित उभ्याउन सबै क्षेत्रमा व्यवसायी पनि लाग्नुपर्ने बताए । रानाले त्यसको लागि सदस्यता बिस्तारमा जुट्नसमेत रानाले आग्रह गरे ।

नव निर्वाचित अध्यक्ष नारायण भुसालले व्यवसायीका समस्या पहिचान गर्न पार्टीलाई आग्रह गरे । नेपाल निर्माण उद्योग परिषद्का केन्द्रको टिमलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल निर्माण उद्योग परिषद्का केन्द्रीय उपाध्यक्ष मन्जु भुसाल, एमाले जिल्ला युवा नेता गोपाल राना, एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेलगायतले बोलेका थिए । कायक्रमको सञ्चालन महासचिव जबिन कक्षपातिले गरेका थिए ।