पीस पोष्टर प्रतियोगितामा पीसल्याण्डकी कञ्चन प्रथम

मेचीकाली संवाददाता

१ आश्विन २०८१, मंगलवार
43 shares

बुटवल । लायन्स क्लब अफ बुटवल सयपत्री बुटवलले ११ देखि १३ बर्षसम्मका बालबालिकाबीच उनीहरुमा अन्तरनिहित कला र क्षमतालाई प्रस्फुटन गर्ने उद्देश्यले भाद्र ३० गते आयोजना गरेको ‘सीमाविहीन शान्ति’ नामक पीस पोस्टर (चित्रकला) प्रतियोगितामा बुटवल–७ शिवनगरमा रहेको आवर पीसल्याण्ड एकेडेमीमा कक्षा ५ मा अध्ययनरत कञ्चन श्रीसले प्रथम स्थान हासिल गर्न सफल भएकी छिन् ।

१३ प्रतियोगीहरुले भाग लिएको उक्त प्रतियोगितामा दीप बोर्डिङ्ग स्कूल द्वितीय र गार्गी एकेडेमीले तृतीय स्थान प्राप्त गरेका थिए भने न्यू इन्भारमेण्ट बोर्डिङ्ग स्कूलले सान्त्वना स्थान प्राप्त गरे ।

क्लवका अध्यक्ष कमला बस्नेत कुँवरको अध्यक्षता, डिष्टिक ३२५ पीका गभर्नर लायन पुरुषोत्तम भक्त प्रधानाङ्गको प्रमुख अतिथ्यता, पूर्व अध्यक्ष श्रृजना श्रेष्ठको संयोजन र सचिव शान्ति लक्ष्मी अर्यालको संचालनमा सम्पन्न भएको थियो ।