प्याब्सन रूपन्देहीद्वारा वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

मेचीकाली संवाददाता

१ आश्विन २०८१, मंगलवार
58 shares

बुटवल, असोज १ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) रुपन्देहीले प्याब्सन अन्तर विद्यालय आधारभूत तह चित्रकला प्रतियोगिता र माध्यामिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता सोमबार सम्पन्न गरेको छ । प्रतियोगिता अन्तर्गत वक्तृत्वकलातर्फ ग्रीन प्लान्ट इङलिस बोर्डिङ स्कूलका स्वीकृति न्यौपाने प्रथम, दुर्गा शैक्षिक गृहका पिन्सु पौडेल द्धितीय, स्मृति बोर्डिङ स्कूलका अर्नव पौडेल तृतीय, सान्त्वना न्यू होराइजन इङलिस बोर्डिङ स्कूलका दीक्षा पाण्डे र सिद्धार्थ मेमोरियल ईङलिस बोर्डिङ स्कूलका एन्जल कार्की भएका छन ।
त्यस्तै चित्रकलातर्फ न्यू इन्भायरमेन्ट इङलिस बोर्डिङ स्कूलका रौनक खनाल प्रथम, पामिर इङलिस् बोर्डिङ स्कूलका राजन थापा द्धितीय, कुँवरवर्ती इङलिस बोर्डिङ स्कूलका ग्रीष्मा कार्की तृतीय, सान्त्वमा फर्साटिकर इङलिस बोर्डिङ स्कूलका मेरिना थारु र आवरपीसल्याण्ड इङलिस बोर्डिङ स्कूलकाका समी मल्ल भएका छन् । दुवै विधातर्फ प्रथम हुनेले ५ हजार, द्वितीय ३ हजार, तृतीय २ हजार र सान्त्वना १÷१ हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन् ।
विजेता विद्यार्थीहरुले प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्त राम शर्मा र अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले गरेका थिए । प्रतियोगिताको उद्घाटन तिलोत्तमा नगरपालिकाका उपमेयर जागेश्वरी देवी चौधरीले गरेकी थिइन । कार्यक्रमको सञ्चालन प्याब्सन रुपन्देहीका सचिव दीपक खनालले गरेका थिए । प्रतियोगितामा दुवै विद्यातर्फ ५० भन्दा बढी विद्यालय सहभागी थिए ।