तुलसीराम पौडेल —
मायादेवी ,असोज १५
रुपन्देही स्थित मायादेवी गाउँपालिकामा पोषण एवं खाद्य सुरक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम मंगलवार सम्पन्न भयो ।
मायादेवी गाउँपालिकाको आयोजनामा तथा सेतो गुराँस बालविकास सेवा रुपन्देही ,हेलेन केयर इन्टरनेसनल IDE को संयुक्त सहयोगमा पालिका स्तरीय परियोजना ,सल्लाहकार समिति एवं पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति सङ्गको बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको हो।
बालबालिकाहरुलाई कुपोषण हुनबाट बचाउन गर्भ अवस्थाबाट नै आमालाई सन्तुलित भोजनको वारेमा जानकारी गराउने, बजारका बिषादी खानेकुरा भन्दा घरमै खाना बनाएर खान अभिप्रेरित गर्ने , कृषि उत्पादनमा रासायनिक मल प्रयोगलाई निस्तेज पारी अर्गानिक मल प्रयोग गर्नमा उत्प्रेरित गर्ने लगायतका महत्त्वपूर्ण कुराहरू यस कार्यक्रमको उद्देश्य रहेकोे छ।
मायादेवी गाउँपालिका अध्यक्ष ध्रुब नारायण चौधरीले गाउँ पालिकालाई कुपोषण मुक्त पालिका बनाउन सबैले आ आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्नुपर्ने बताउनु भयो।
सेतो गुराँस बालविकास सेवा रुपन्देहीका कार्यकारी निर्देशक सुमित्रा शर्मा, पोषण मार्फत जीवन रुपान्तरण परियोजना कार्यक्रम संयोजक मिनु पुन श्रेष्ठ ,IDE का कृषि अधिकृत प्रदिपराज पाण्डे ,इन्टरनेसनल प्राविधिक अधिकृत जितेन्द्र कोहार , स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्मा , आइ डिइ नेपालकी भिमा पराजुली लगायतबाट पोषणको अवस्था र खाद्य सुरक्षा सम्बन्धि प्रशिक्षण दिइएको थियो ।
गाउँपालिका अध्यक्ष ध्रुब नारायण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन मायादेवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रभुनाथ चौधरीले गर्नुभएको थियो ।