नेपाली लुगाघरले ल्यायो ‘कम्बोप्याक’

मेचीकाली संवाददाता

१७ आश्विन २०८१, बिहीबार
197 shares

बुटवल, असोज १७ । बुटवलमा नेपाली ब्राण्डको कपडा बेचिरहेको नेपाली लुगा घरले दशै विशेषमा २ हजार ९०० रुपैयाँमा पुरुषका लागि एक सेट सिरपाउ दिने अफर ल्याएको छ । आगलागीबाट ठूलो नोक्सानी भोगेको डेल्ला मार्टमा सञ्चालित लुगा घरले आफ्नो व्यवसाय संचालनका लागि दर्शै अवधिमा यस्तो अफर ल्याएको हो । भौतिक पूर्वाधारमा क्षति ब्यहोरेको मिलनचोकस्थित डेल्टा मार्टले अस्थायी टेन्टमा नै नेपाली लुगा घर शुरु गरेको छ । नेपाली हिन्दु धर्मावलम्बीहरुको महान चाड विजयादशमीलाई लक्षित गरि नेपाली लुगा घरमा दशै अफर ल्याएको हो । ‘उद्योगदेखि शरिरसम्म’ नारासहित दशै विशेष अफर ल्याएको युवा ब्यवसायी प्रकाश भुषालले नेपाली उत्पादनको प्रवद्धर्न गर्न यस्तो अफर ल्याएको बताए । ‘हामी जुत्ता उत्सवमा सफलता पायौ जसले गर्दा थप नया गर्ने हौसला बढ्यो ।’ उनले भने ।
नेपाली लुगा घर दशै कम्बो प्याक अफरमा २९०० सय रुपैयामै एउटा पाईन्ट, शर्ट, अण्डरवियर, मोजा, जुत्ता समेत ६ आईटम उपलब्ध हुने उनले बताए । जसमा याक एण्ड नेक, फ्रिडम दुई ब्राण्डका कपडा, क्रस रोड र रन शुज ब्राण्डको जुत्ता छन । आफुसंग धेरै ब्राण्डका परिकारहरु भएपनि स्थान अभाव र तयारी कम भएको उनले बताए । छोटोसमय र तयारीका कारण १ हजार उपभोक्तासम्म पुग्ने लक्ष्य रहेको उनले बताए । आम नेपाली उपभोक्तालाई लक्षित गरि अफरमा सहज र सरल पाउने गरि अफर चलाएको उनको दाबी छ ।
आर्थिक समस्यामा रहेको उपभोक्तालाई भड्किलो दशै रोक्ने यो अभियानबाट मद्यत मिल्ने उनले बताए । नेपाली उद्योग र उत्पादनलाई उपभोक्तासम्म प्रत्यक्ष जोड्ने गरि आगामी दिनहरुमा थप योजनाहरु समेत बनाएको संचालक बाबुराम बन्जाडेले बताए । ठूलो क्षति ब्यहोर्नुअघि एक वर्षको अवधिमा नेपाली उद्योगका लुगाका करिब १ करोड रुपैया बराबरको कारोबार गर्न सफल भएको उनले बताए ।