हाम्रो जागृति सगरमाथा सहकारीको अध्यक्षमा पुनः पाण्डे

मेचीकाली संवाददाता

१७ आश्विन २०८१, बिहीबार
212 shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित हाम्रो जागृति सगरमाथा बचत तथा ऋण सहकारी संस्थाको दोस्रो अधिवेशन तथा पाँचौ वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ ।

अधिवेशनले पुनः लोकनाथ पाण्डेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा तोलाकान्त डुम्रे, सचिवमा रामप्रसाद शर्मा र कोषाध्यक्षमा विष्णुप्रसाद पौडेल चयन भएका छन् । यस्तैगरी सदस्यहरुमा चन्द्रकान्त सापकोटा, ओमबहादुर गुरुङ, श्रृजना आचार्य, कमला पन्थी, बाबुाम चापागाईं (क), गोपालबहादुर थापा र बसुन्धरा पाण्डे रहेका छन् । लेखा सुपरीवेक्षण समिति संयोजकमा लक्ष्मण अर्याल र सदस्यमा कृष्ण भुसाल, प्रदिप चौधरी चयन भएका छन् ।

अधिवेशनको तिलोत्तमा नगरपालिका–२ का वडाध्यक्ष डिलबहादुर भट्टराईले उद्घाटन गरे । सोही अवसरमा बोल्दै उनले देशको अर्थतन्त्र चलायमान बनाउन सहकारी संस्थाको योगदान महत्वपूर्ण रहेको बताए । पछिल्लो समय केही सहकारी संस्थाले बदमासी गर्दा सहकारी संस्थाप्रति सर्वसाधारणको विश्वास घटिरहेको अवस्थामा उत्कृट काम गरी बचतकर्ताको विश्वास जित्नुपर्ने धारणा राखे । क्षणिक ब्याज र आर्थिक लोभमा परेर संस्थाबारे बुझ्दै नबुझी पैसा जम्मा गर्दा धरै बचतकर्ताले लाखौँ रकम गुमाउनुपरेको बताउँदै बचतकर्ता सचेत हुनुपर्नेमा भट्टराईले जोड दिए । सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक समृद्धिसँग जोडिनुपर्ने उनले बताए ।

संस्थाका अध्यक्ष लोकनाथ पाण्डेले वार्षिक कार्यक्रमसहित प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजनाहरुबारे जानकारी गराए । संस्थालाई थप सुदृढ र व्यवस्थित गरी थप उचाइमा पु¥याउन सबै शेयर सदस्यहरूको हातेमालो आवश्यक पर्ने उनले बताए । समाजमा छरिएर रहेको स–सानो पूँजीलाई संकलन गरि सदस्यहरुबीच विभिन्न वित्तीय पहुँच पु¥याएर स्वरोजगारको अवस्था सिर्जना गर्न बिभिन्न कार्यक्रम सञ्चालन गर्ने बताउँदै शेयर सदस्यहरुलाई शुलभ, प्रविधि युक्त, सदस्यमैत्री सेवा प्रदान गर्न संस्था सधैँ लागिरहने अध्यक्ष पाण्डेको भनाइ थियो ।

तीन करोड २३ लाख ३४ हजार रुपैयाँ शेयर पूँजी रहेको सहकारीमा हाल एक हजार ६ सय शेयर सदस्य रहेका छन् । सहकारीले २४ करोड १५ लाख ४६ हजार ८४३ रुपैयाँ ऋण लगानी गरेको छ । भने दुई करोड १९ लाख २५ हजार ८८६ रुपैयाँ बचत रहेको छ । संस्थाका उपाध्यक्ष होमप्रसाद शर्माको स्वागत तथा सचिव तोलाकान्त डुम्रेको सञ्चालनमा कार्यक्रम भएको थियो ।