शुद्दोधन गाउँपालिकाद्वारा ३ वटा प्रकाशन लोकार्पण

मेचीकाली संवाददाता

१२ कार्तिक २०८१, सोमबार
130 shares

 

तुलसीराम पौडेल —

शुद्दोधन , कार्तिक १२

रुपन्देही स्थित शुद्दोधन गाउँपालिकाले नागरिक वडापत्र ,शुद्दोधन सन्देश वुलेटिन र वार्षिक क्यालेन्डर पहिलो पटक लोकार्पण गरेको छ।रुपन्देही अन्तरगतका १६ वटा स्थानीय तहको शुद्दोधन गाउँपालिकामा आइतबार  सम्पन्न १९ औं घुम्ती बैठकमा शुद्दोधन सन्देश बुलेटिन ,स्थानीय सेवाप्रवाह वडापत्र र वार्षिक क्यालेन्डर लोकार्पण गरिएको हो ।

प्रकाशित शुद्दोधन सन्देश  बुलेटिनमा शुद्दोधन गाउँपालिका सम्बन्धि पुराना विषयवस्तु , विभिन्न वार्षिक कार्ययोजनाहरु ,दैनिक रूपमा प्रवाह गरिने सेवाहरु ,कार्यपालिका बैठक संख्या र प्रस्तावहरु ,आर्थिक वर्ष २०८०/०८१ को आयव्यय विवरण ,बिषयगत शाखाहरुको कार्य प्रगति विवरण ,LISA/FRA मा गाउँपालिकाको अवस्था ,सेवा प्रवाह सम्बन्धि थप क्रियाकलापहरु ,निशान छापमा समेटिएका बिषयहरु ,विभिन्न लेख, रचना तथा विचारहरु ,निर्वाचित जनप्रतिनिधिहरु -२०७४ ,हालसम्मका कार्यालय प्रमुखहरु,हालसम्मका प्रकाशनहरु लगायतका विषयवस्तु समेटिएका छन् । प्रकाशित शुद्दोधन सन्देश बुलेटिनको प्रमुख संरक्षकमा गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्याल ,संरक्षकमा उपाध्यक्ष शान्तादेवी ज्ञवाली ,प्रधान सम्पादकमा प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्ती “भनभनेली ” सल्लाहकारमा प्रवक्ता केशव प्रसाद अधिकारी रहनुभएको छ। 

त्यसै गरि स्थानीय सेवाप्रवाह वडापत्र -२०८१  मा सार्वजनिक सेवाप्रवाह वडापत्रको अवधारणा ,शुद्दोधन गाउँपालिकाको संक्षिप्त्त चिनारी ,शुद्दोधन गाउँपालिकाको संगठन संरचना ,गाउँ कार्यपालिकाको कार्यालयबाट प्रवाह गरिने मुख्य सेवाहरु ,बिषयगत शाखाहरुबाट प्रदान गरिने सेवाहरु , स्वास्थ्य  संस्थाहरुबाट प्रदान गरिने सेवाहरु ,विभिन्न सम्पर्क नम्बरहरु ,स्थानीय सरकारको काम ,कर्तव्य र अधिकार ,वडा समितिको काम ,कर्तव्य र अधिकारहरु,दैनिक कार्यसम्पादनमा प्रयोग भएका प्रणालीहरु ,कार्यपालिकाको कार्यालयमा रहेका सेवाप्रवाहका कार्यकक्षहरु लगायत समेटिएका छन् ।

सोही अवसरमा सरुवा हुनुभएका  रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई स्थानीय तहका जनप्रतिनिधिहरु तथा कार्यालय प्रमुखहरुले विदाइ गर्नुभएको छ।

 शुद्दोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालको अध्यक्षता, जिल्ला समन्वय रुपन्देहीका प्रमुख उमाकान्त चापगाइको प्रमुख आतिथ्यता, पालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीको स्वागत मन्तव्य , शुद्दोधन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तिको संचालनमा सम्पन्न कार्यक्रममा चाडपर्वमा नेपालीले उत्पादन गरेका  फुलको मालालाई प्राथमिकता दिने ,आगलागी नियन्त्रणका लागि परालको व्यवस्थापन , सार्वजनिक तथा अव्यवस्थित जग्गा व्यवस्थापन लगायतका विषयमा छलफल तथा निर्णय भएको थियोे ।