बुटवलमा दिपल इभी गाडी सार्वजनिक

मेचीकाली संवाददाता

२६ कार्तिक २०८१, सोमबार
76 shares

बुटवल । चीनको सबैभन्दा पुरानो चांगान अटोमोबाइल कम्पनीको उत्पादन दिपल इभी गाडीको आइतबार रुपन्देहीमा सार्वजनिक गरिएको छ । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्प प्रालिले लुम्बिनी प्रदेश अन्तर्गत बुटवलमा दिपल इभी गाडी सार्वजनिक गरेको हो ।

उक्त इभी गाडीको आइतबार बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठ, एमएडब्लु वृद्धिका सिईओ जोजु जोस थाटिल लगायतले फ्युचरिस्टिक डिजाइन र कटिंग एज टेक्नोलोजीले भरिएको दिपल एस०७ र एल०७ इभी सार्वजनिक गरे ।

त्यस अवसरमा बुटवल उपमहानगरका प्रमुख पाण्डेयले लुम्बिनी प्रदेशमा दिपल र चांगानको सफलताको कामना गरे । उनले बुटवल जस्तो व्यवसायीक सहरमा चांगान र अन्य ब्रान्डहरु व्यवसायीक सेवा सुरु गर्नुले यहाँको आर्थिक क्रियाकलाप बढने अपेक्षा गरे । गाडी विक्री मात्र नभई विक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्ने उनले सुझाव दिए ।

कार्यक्रममा बुटवलका लागि चांगानको डिलर जेनोस मोटर्सका प्रबन्ध निर्देशक क्षेत्र कुमार श्रेष्ठले दिपल ब्रान्डलाई लिएर आफू निकै उत्साहित रहेको बताए । उनले दिपलका ग्राहकहरुबाट निकै सकारात्मक प्रतिक्रिया पाइरहेको बताए । एमएडब्लु ग्रुपका डिलर हेड सुरेन्द्र केसीले नेपालमा ईभि कारको माग बढ्दो रहेको बताए । नेपालमा हाल कुल सवारीमध्ये ८० प्रतिशतभन्दा बढी ईभि गाडी भित्रिएको उनले दाबी गरे । नेपालमा सवारी भित्राउदा विक्रिपछिको सेवामा जोड दिन जरुरी रहेको भन्दै उपभोक्ताबाट खरिद गर्दा समेत यसमा विशेष ध्यान दिन उनले सुझाव दिए ।

कार्यक्रममा दिपलको अनुभव शेयर गर्दै उद्योगी विकास पाण्डेले ६ महिनाको अवधिमा नेपालका बाटाहरुमा यो गाडी उपयुक्त लागेको बताए । यसअघि चलाएका सवारीभन्दा फरक अनुभुति पाएको उनले बताए । चांगान चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी हो जसको एकसय ६२ वर्ष लामो विरासत छ । ६ महिनाअघि नेपालमा सार्वजनिक भएको दिपल इभी अहिलेसम्ममा ६ सयभन्दा बढी विक्री भएका छन् । विशेषता यसको डिजाइन र टेक्नोलोजीका कारण यो ग्राहकको रोजाइमा परेको हो । दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरु समावेश गरिएको छ ।

यस्तै एमएडब्लु वृद्धिले कात्तिक २७ गतेबार बाट बुटवलमा लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पको आयोजना गर्ने भएको छ । बुटवलको क्लब डेनोभोमा आयोजना हुने कार्यक्रममा ग्राहकले दिपल प्रिबजेट प्राइसमा सेरेस ४५ लाख ४९ हजार रुपैयाँमा र नामीमा ७ किलोवाटको निःशुल्क चार्जर पाउनेछन् । ग्राहकले ३ वटा रिकन्डिसन हाउसबाट बेस्ट भ्यालुएसन र एक्सचेन्ज बोनस पनि उपलब्ध हुने कम्पनीले जारी गरेको बिज्ञप्तीमा जनाइएको छ ।