तुलसीराम पौडेल –
सियारी, पौष १०
रुपन्देहीको सियारी गाउँपालिकाको आयोजनामा संचालित पाचौं सियारी शैक्षिक महोत्सव तथा रास्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता अन्तरगत दोस्रो दिन बुधबार विभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छन् । सम्पन्न माध्यमिक तह ८०० मिटर दौड छात्रा प्रतियोगितामा पब्लिक मावि प्रथम ,मैनहिया मावी दोस्रो र चिल्हिया मावी तेस्रो भएका छन् । सम्पन्न आधारभुत तह १०० मिटर दौड छात्र तर्फ भएको प्रतियोगितामा पब्लिक मावी प्रहिलो ,चिल्हिया मावि दोस्रो र सिद्वार्थ मावि तेस्रो भएका छन् भने छात्रा तर्फ गणसारी मावी पहिलो ,सिद्दार्थ मावी दोस्रो र पब्लिक मावि तेस्रो भएका छन् ।माध्यमिक तह १०० मिटर दौड छात्र तर्फ भएको प्रतियोगितामा पब्लिक मावि पहिलो ,चिल्हिया मावी दोस्रो र दुर्गा शैक्षिक गृह तेस्रो भएका छन् भने छात्रा तर्फ पब्लिक मावी पहिलो ,मैनहिया मावि दोस्रो र चिल्हिया मावी तेस्रो भएका छन् ।
आधारभुत तर्फ सम्पन्न अङ्ग्रेजी हिज्जे प्रतियोगितामा दुर्गादेवि मावी पहिलो ,दुर्गा शैक्षिक गृह दोस्रो र पब्लिक मावि तेस्रो भएका छन् । माध्यमिक तहमा सम्पन्न वक्तृत्वकला प्रतियोगितामा दुर्गा शैक्षिक गृह पहिलो ,पब्लिक मावि दोस्रो र जनता मावी तेस्रो भएका छन् ।
प्राथमिक तहमा सम्पन्न अङ्ग्रेजी नेपाली संयुक्त हस्तलेखन प्रतियोगितामा दुर्गा देवि मावि पहिलो ,दुर्गा शैक्षिक गृह दोस्रो र सिद्दार्थ साइन स्टार इङलिस बोर्डिङ स्कुल तेस्रो भएका छन् ।माध्यमिक तहमा सम्पन्न निबन्ध प्रतियोगितामा पब्लिक मावि पहिलो ,दुर्गा देवि मावी दोस्रो र सरस्वती ज्ञान निकेतन तेस्रो भएका छन् ।
प्रावी तहमा सम्पन्न चित्रकला प्रतियोगितामा मैनहिया मावि पहिलो ,जनता मावि दोस्रो र दुर्गा शैक्षिक गृह तेस्रो भएका छन् । पौष ९ गतेदेखि सियारी -४ स्थित पब्लिक नमूना माविमा संचालित पाचौं सियारी शैक्षिक महोत्सव तथा रनिङ्गशिल्ड प्रतियोगिता पौष १२ गते समापन हुने आयोजकले बताएका छन् ।